राजनीति


इजरायल नष्ट हुनु यहुदीको अन्त्य हुनु होइनः आयोतल्लाह अली खामेनई

इजरायल नष्ट हुनु यहुदीको अन्त्य हुनु होइनः आयोतल्लाह अली खामेनई

नेपालखबर
मंसिर १, २०७६ आइतबार ७:४७,

सबै धर्मका मानिसले इजरायलको भविष्य तय गर्नुपर्ने बताउँदै खानमेईले इरानले यहुदीलाई नष्ट गर्न नचाहेको बताए।

सन् १९७९ मा इस्लामिक क्रान्ति भएपछि इरानले इजरायलको मान्यता दिन अस्वीकार गरेको थियो। इरानले प्यालेस्टाइनका चरमपन्थी समूहको समर्थन गर्दै आएको छ।

मुसलमानको जमीन अवैध रुपमा कब्जा गरेर राखेकाले आफूहरुले इजरायललाई देशको रुपमा मान्यता नदिएको इरानले बताउँदै आएको छ।

लामो समयदेखि इरानले आफूलाई नष्ट गर्न चाहेको इजरायलले बताउँदै आएको छ। इजरायलका अनुसार मध्यपूर्वमा इरानले उसलाई सबैभन्दा ठूलो दुश्मन ठान्दछ।

तेहरानमा एक इस्लामिक कार्यक्रममा खामेनईले भने,‘एक देशको रुपमा इजरायललाई नष्ट गर्नुको मतलब यहुदीको अन्त्य हुनु होइन। यसको मतलब यो हो कि, चाहे उ मुसलमान या इसाई या यहुदी किन नहुन्, उसले आफ्नो सरकार चुन्न जरुरी छ।’ एजेन्सी

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad