कारोबार


‘मुलुकलाई ऋणमुक्त गराउन करसम्बन्धी अप्रिय नीति लिन बाध्य भयौँ’

‘मुलुकलाई ऋणमुक्त गराउन करसम्बन्धी अप्रिय नीति लिन बाध्य भयौँ’

नेपालखबर
मंसिर १, २०७६ आइतबार ७:३२,

अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण निर्माण हुने बताएका छन्।

अर्थमन्त्री खतिवडाले मुलुकलाई अत्यधिक ऋणको चापबाट मुक्त गराउन सरकारले कर नीति लिँदा केही अप्ठ्यारो भए पनि उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण बन्ने बताएका हुन्। उनले मुलुकलाई अत्यधिक ऋणको मारबाट मुक्त गराउन आफूले करसम्बन्धी अलोकप्रिय नीति लिनु परेको पनि पटक–पटक दोहोर्‍याए।

‘राजस्व प्रणालीमा करको कुरा नगर्ने हो भने हामी अत्याधिक ऋणको बाटोमा जान्छौं’, कर दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री खतिवडाले भने, ‘अत्यधिक ऋणको चापले मुलुकलाई संकटमा फसाउने हुनाले आफूको मुलुकको दीर्घकालीन हितका लागि करसम्बन्ध अलोकप्रिय निर्णय लिनुपरेको हो।’

अर्थमन्त्री खतिवडाले मुलुकको अर्थतन्त्र अँध्यारोबाट उज्यालोतर्फ अघि बढिरहेकाले केही समस्या हुन सक्ने उल्लेख गर्दै त्यसलाई सल्टयाउँदै लैजाने बाटोबाट सरकार अघि बढिरहेको पनि बताए।

अर्थमन्त्री खतिवडाले व्यवसायीहरुलाई मुलुकप्रति जवाफदेही बनाउने गरी कर कानुन लागू गरिएको पनि दोहो¥याउनु भयो । उहाँले मुलुकको अर्थतन्त्रलाई सवल, आत्मनिर्भर र सुदृढ बनाउनेगरी कर नीति लिएकाले दक्षिण एशीयामा नेपाल सबैभन्दा कम ऋण भएको मुलुकको रुपमा पहिचान बनाउन सफल भएको पनि स्मरण गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad