कारोबार


नारायणहिटीमा रेस्टुरेन्टबारे एकसाथ दुई निकायबाट छानबिन सुरु

नारायणहिटीमा रेस्टुरेन्टबारे एकसाथ दुई निकायबाट छानबिन सुरु

नेपालखबर
पुस २३, २०७८ शुक्रबार ६:५४, काठमाडौँ

नारायणहिटी संग्रहालयमा सञ्चालित विवादित रेस्टुरेन्टबारे एकसाथ दुई निकायले छानबिन थालेका छन्। 

नारायणहिटी दरबार संग्रहमालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले संग्रहालय हातामा रेस्टुरेन्ट सञ्चालन गर्न बतास समूहको बी म्यानेजमेन्टलाई भाडामा दिएको कुरा सार्वजनिक भएपमछि अनुसन्धान थालिएको हो।  

रेस्टुरेन्ट सञ्चालनका लागि संग्रहालयको करिब १० रोपनी जमिन मासिक २ लाख २१ हजार रुपैयाँ लिनेगरी बतास समूहलाई ठेक्का लगाएको खबर सार्वजनिक भएपछि सरकारले छानिबन सुरु गरेको हो। 

उक्त विष्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय दुवैले छानबिन गरिरहेका हुन्। 

छानबिनका लागि पर्यटन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा उपसचिव टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र शाखा अधिकृत टंकबहादुर नेगी रहेको समिति गठन गरिएको छ।

पर्यटनमन्त्री प्रेमबहादुर आलेले छानबिन समितिलाई ३ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएका छन्। 

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि ऐतिहासिक महत्त्व बोकेको दरबारको जग्गा भाडामा लगाएको विषयमा सूक्ष्म ढङ्गले अनुसन्धान भइरहेको जनाएको छ। 

अख्तियार स्रोतका अनुसार कतैबाट उजुरी नपरे पनि सञ्चारमाध्यममा आएका समाचार तथा तथ्यका आधारमा घटनाबारे छानबिन थालिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad