समाज


टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

नेपालखबर
असार ६, २०७६ शुक्रबार १०:११,

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–५ छाङमा टिपरको ठक्करबाट आज पैदल यात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५९ वर्षीय बलबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

म्याग्देबाट खैरेनीटारतर्फ जाँदै गरेको ग१क ४३२३ नंको टिप्परको ठक्करबाट घाइते विकको उपचारका क्रममा जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए।

टिप्पर र चालक प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad