कारोबार


कामना सेवाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कामना सेवाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

नेपालखबर
कात्तिक २२, २०७६ शुक्रबार १३:२१,

कामना सेवा विकास बैंकले आफ्नो १३ औँ वार्षिकोत्सवका अवसरमा रक्तखान कार्यक्रमको आयोजना गरेको छ। ‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेकोकामना सेवाको १३ औँ वार्षिकोत्सव यहि कार्तिक २७ गते रहेको छ।

ज्ञानेश्वर स्थित आईएसटी कलेजमा ग्राण्डि इन्टरनेशनल अस्पतालको सौजन्यमा सो रक्तदान कार्यक्रमको आयोजना गरेको थियो। जसमा ६८ जना रक्तदाताले रक्तदान गरेका थिए।

काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०२ वटा शाखा तथा ५० वटा एटीएम, मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ। साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .