ad ad

राजनीति


‘जाली नक्सा’ खारेजीको माग गर्दै दूतावास अघि मसालको प्रदर्शन

‘जाली नक्सा’ खारेजीको माग गर्दै दूतावास अघि मसालको प्रदर्शन

नेपालखबर
कात्तिक २२, २०७६ शुक्रबार १३:२७,

नेकपा (मसाल) निकट विभिन्न जनवर्गीय संगठनहरुले शुक्रबार काठमाडौंस्थित भारतीय राजदूतावास अघि विरोध प्रदर्शन गरेका छन्।

भारतले कालापानी लगायत नेपाली भूभागलाई समेटेर ‘जाली नक्सा’ बनाएको भन्दै मसालका जनवर्गीय संगठनहरुले भारतीय दूतावास अघि प्रदर्शन गरेका हुन्।

रत्नपार्कबाट सुरु भएको जुलुश विभिन्न नारासहित लैनचौर पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले भारतीय साम्राज्यवादले नेपाली भूमिलाई आफ्नो नक्सामा सामेल गरेर नेपालमाथिको हस्तक्षेपलाई झनै बढाएको बताए।

यस्तै, नेकपा (मसाल)का प्रवक्ता रामप्रकाशन पुरीले सरकारले कुटनीतिक पहल गरेर तत्काल भारतीय सेना फिर्ता गरिनुपर्ने र नक्सा सच्याउनुपर्ने बताए।

कार्यक्रमलाई अखिल नेपाल महिला संघकी अध्यक्ष मीना पुन र अखिल (छैठौं)का अध्यक्ष विमल पोखरेल लगायतका नेताहरुले सम्बोधन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .