ad ad

कारोबार


सेयरबजारमा सूचक र कारोबार रकम दुवै घट्याे

सेयरबजारमा सूचक र कारोबार रकम दुवै घट्याे

नेपालखबर
कात्तिक २०, २०७६ बुधबार ९:४६,

सेयरबजारमा आज पनि गिरावट आएको छ। बजार कारोबार मापन गर्ने नेप्से सूचक १.४४ अंकले घटेर ११३८.०२ विन्दुमा आइपुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि शून्य दशमलव ४१ अंकले झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज सेयरबजारमा १ सय ६० कम्पनीले ७ लाख ५० हजार कित्ता सेयर बिक्री गरेका छन्। दिनभरिमा ३ हजार ९ सय ८६ पटकको खरिदबिक्रीपछि २० करोड ६२ लाखको कारोबार भएको छ। अघिल्लो दिन २८ करोडको सेयर कारोबार भएको थियो।

बजार खुल्नेबित्तिकै सूचक उकालो लागे पनि एक घण्टा नबित्दै ओरालो लाग्न सुरु भएको थियो। दिउँसो २ बजेपछि पुनः सुधार हुने क्रममा झिनो अंकले सूचक घटेको नेप्सेले जनाएको छ। कुल १२ समूहमध्ये आज वाणिज्य बैंक, होटल, ऊर्जा, फाइनान्स, निर्जीवन बीमा, उत्पादन र अन्य समूहको कारोबार सूचक ओरालो लागे पनि म्युचुअल फण्ड, जीवन बीमा, माइक्रोफाइनान्स र व्यापार समूहको सूचक भने उकालो लागेका छन्।

कारोबारमा भने आज प्रभु बैंक सबैभन्दा अगाडि छ। बैंकले ४ करोड ३६ लाखको, नबिल बैंकको १ करोड ३ लाखको सेयर किनबेच भएको छ। अन्य कम्पनीले करोडको कारोबार गर्न सकेका छैनन्। आज कमाउने कम्पनीमा भने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड अगाडि छ।

यसका सेयरधनीले ६५ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। त्यस्तै, नयाँ नेपाल लघुवित्त विकास बैंक लिमिटेडका सेयरधनीले पनि आज प्रतिसेयर २५ रुपैयाँ आम्दानी गरेका छन्। त्यस्तै, महालक्ष्मी विकास बैंकका सेयरधनीले आज धेरै गुमाउने क्रममा ४.२८ प्रतिशत अर्थात् आठ रुपैयाँ प्रतिकित्ता गुमाएका छन्। अन्य कम्पनीले तीन प्रतिशत, दुई प्रतिशत र १ प्रतिशत गुमाएको नेप्सेले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .