ad ad

कारोबार


नाडामा चुनाव: ध्रुव थापासँग लड्न करण चौधरीले घोषणा गरे आफ्नो प्यानल, को–को परे?

नाडामा चुनाव: ध्रुव थापासँग लड्न करण चौधरीले घोषणा गरे आफ्नो प्यानल, को–को परे?

करण चाैधरी प्यानल घाेषणा गर्दै। तस्बिर : विजय सिंह


नेपालखबर
मंसिर १५, २०७८ बुधबार १६:१५, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को चुनावका लागि हालका उपाध्यक्ष तथा व्यवसायी करण चौधरीले पनि आफ्नो प्यानल घोषणा गरेका छन्। 

आफ्नो अध्यक्षतामा चुनाव लड्ने गरी बुधबार होटल अलफ्टमा पत्रकार सम्मेलन गर्दै चौधरीले प्यानल घोषणा गरेका हुन्। 

चौधरीको प्यानलमा टाटाका राजनबाबु श्रेष्ठ, हिरोका अभिक ज्योति, महिन्द्राका वरदान बस्नेत र यामाहाका मिलनबाबु मल्ल पनि रहेका छन्। त्यस्तै नाडाको हाल कार्यसमितिमा रहेका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती पनि चौधरीकै प्यानलमा रहेका छन्। 

यसबाहेक विक्रम सिंघानिया, पंकज अग्रवाल, प्रकाश कपुरी, निलमणि पाठक, निशान ढकाल, गोपाल भट्टराई, राजेन्द्र अग्रवाल, गंगाराज भट्टराई, वर्ण न्यौपाने र देवराज भण्डारीले चौधरीको प्यानलबाट चुनाव लड्ने भएका छन्। 

नाडाको ४५औँ साधारणसभा मंसिर २२ गते काठमाडौंमा हुँदै छ। 

चौधरीले सर्वसम्मतिको प्रयास गरे पनि हुन नसकेपछि प्यानल घोषणा गरेका हुन्। यसअघि नै अर्का अध्यक्षका प्रत्याशी ध्रुव थापाले प्यानल बनाएर प्रचारप्रसार गरिरहेका छन्। नाडामा अध्यक्षबाहेक १७ जना सदस्य निर्वाचित हुन्छन्। ध्रुव थापाले यसअघि नै १७ सदस्यको लागि टिम सार्वजनिक गरिसकेका हुन्।  

थापाको प्यानलमा हुन्डाईका निराकर श्रेष्ठ, टीभीएसका दीपक कुमार अग्रवाल, फोर्डका आकाश गोल्छा, बीवाईडीकी यमुना श्रेष्ठ, एसएमएल इसुजुका कपिल सिवाकोटी छन्। 

त्यसबाहेक प्रदिममान प्रधान, आमर ज्योति रञ्जित, बीएन पाठक, दिपक कुमार मिश्र, नारायण प्रसाद पौडेल, नवराज भुषाल, प्रकाश सिक्देल, रिद्धि कार्की, सगुन कन्साकर, सञ्जय कुमार खेतान, सुवासिस थपलिया रहेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .