कारोबार


हिमालय एयरलाइन्सको सेयर हस्तान्तरण: भएन स्वीकृत, विभाग छलफलमै

हिमालय एयरलाइन्सको सेयर हस्तान्तरण: भएन स्वीकृत, विभाग छलफलमै

नेपालखबर
कात्तिक १९, २०७६ मंगलबार १३:२५,

उद्योग विभागले हिमालय एयरलाइन्सको सेयर हस्तान्तरण प्रकिया रोकी छानबिन गर्दै छ। हिमालय एयरलाइन्सको चिनियाँ पक्षले बिक्री गरेको सेयर स्वामित्व स्वीकृत नगरी छानबिन गरिरहेको हो।
केही समय अघि नेपाली साझेदार कम्पनी यति वल्र्ड इन्भेष्टमेन्टसँगको संयुक्त लगानीमा स्थापना भएको हिमालय एयरलाइन्सको सेयर हस्तान्तरण कारोबार चीनमा भएको भन्दै छानबिन गरिरहेको विभागले जानकारी दिएको छ।

हिमालय एयरलाइन्सको चिनियाँ पक्ष तिब्बत एयरलाइन्सले तिब्बत सिभिल एभिएसन डेभलभमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनी लिमिटेडलाई सेयर बिक्री सम्झौता गरेको थियो।

उद्योग विभागका महानिर्देशक जीवन कुमार सिटौलाले तिब्बत एरलाइन्सले तिब्बत सिभिएल एभिएसन डेभलभमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनी लिमिटेडलाई सेयर बिक्री गर्दा कारोबार चाईना टु चाईना भएको भन्ने विषयमा विभागमा छलफल भैरहेको बताए। उनले भने ‘कम्पनी अर्बौ रुपैयाँ घाटामा हुँदा पुँजीगत लाभकर नेपालले नपाएपनि कारोबार चाईनामा भएको भन्ने विषयमा के हुन्छ भनेर छलफल गर्दैछौँ।’

सहन्यायाधिवक्ता संजिवराज रेग्मीले नेपालमा दर्ता भएको कुनै पनि कम्पनीले सेयर खरिद बिक्री गर्दा त्यसमा नेपालको सरोकार हुने बताए। रेग्मीले सेयर बिक्री गर्दा पूँजीगत लाभकरको विषयमा नेपालको कानुन आकर्षित हुने र बाँकी कुरा कम्पनीको प्रबन्धपत्र वा विधानमा के छ भन्ने कुरामा भर पर्ने बताए।

उद्योग विभागका दर्ताशाखाका प्रमुख प्रेम लुईटेलले ‘सेयर र ऋण हस्तान्तरणको लागि फाईल पेश भएको छ त्यसमा छलफल हुँदैछ’, उनले भने ‘कम्पनी उद्योग विभागमा दर्ता भएको कारण त्यसको हस्तान्तरण पनि विभाग बाटै हुन्छ।’

लुईटेलले विदेशी लगानी भएको कारणले हस्तान्तरणमा केहि समय लागेको बताएका छन्। उनले हस्तान्तरण सम्झौता विदेशमा भएकाले नेपालको फर्मेट अनुसार नभएको कारण पनि ढिला भएको बताए। 

हिमालय एयरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठले स्वीकृत नभएको भन्दा पनि प्रक्रियामा रहेको बताए। उनले नेपालखबरसँग कुराकानी गर्दै भने ‘हामीलाई त छिटो प्रक्रिया सकिए हुन्थ्यो जस्तो लाग्छ तर विभागका हाकिम तथा कर्मचारी नयाँ आएकाले पनि होला स्वीकृतिमा ढिला भएको होला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad