नौ वर्षअघि थापाथलीमा रहेको क्रिष्टल फाइनान्स लिमिटेडबाट अस्वाभाविक स्वमूल्यांकन गरी जग्गा धितोमा लाखौँ कर्जा लिएका दुई जना पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उच्च अदालत पाटनबाट बैंकिङ कसुरमा २ करोड ७४ लाख जरिवाना र कैदसजाय समेत पाएका दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मकवानपुर हेटौंडाका सञ्जय पोख्रेल र लक्ष्मी देवी पोख्रेल रहेका छन्। सञ्जय यही कात्तिक १७ गते काठमाडौंको गौशाला र लक्ष्मीदेवीलाई पर्साको वीरगञ्जबाट सीआईबीले यही १९ गते पक्राउ गरेको हो।
दुई जनामध्ये सञ्जयलाई उच्च अदालत पाटनले ०७१ मंसिर २१ गते बैंकिङ कसुर गरेको ठहर गर्दै तीन वर्ष कैद र १ करोड ९५ लाख २६ हजार जरिवाना तथा लक्ष्मीदेवीलाई ७९ लाख २२ हजार जरिवाना तथा दुई वर्षको कैद सजाय गर्ने फैसला सुनाएको थियो। तर दुवै जना उक्त कारबाही छलेर फरार हुँदै आएका थिए।
प्रतिक्रिया