शनिबार दिल्लीको तीस हजारी अदालत परिसरको बाहिर प्रहरी र वकिलबीच झडप भएको थियो। पार्किङको विषयमा विवाद भएपछि झडप सुरु भएको थियो।
दिल्लीका अतिरिक्त डीसीपी हरेन्द्र सिंहले झडपबारे भने,‘गत शनिबार तेस्रो बटालिएनका जवान र केही वकिलबीच पार्किङको विषयमा विवाद भएको थियो। त्यसपछि केही वकिल जम्मा भए। उनीहरु बदला लिन लक अपको भित्र आउन चाहन्थे। हामीले वकिललाई भित्र आउनबाट रोक्यौं। अदालतमा पेश हुने कैदी पनि त्यहाँ भएकाले सुरक्षाको लागि लक अप भित्रैबाट बन्द गर्यो। जब उनीहरु लक अप खोल्न असफल भए उनीहरुले त्यसलाई भत्काउन खोजे। उनीहरुले गेटको छेउमा दुईतीनवटा बाइक ल्याएर जलाए।‘
— ANI (@ANI) November 5, 2019#WATCH Delhi: Police personnel raise slogans of "we want justice" outside the Police Head Quarters (PHQ) in ITO. They are protesting against the clash that broke out between police & lawyers at Tis Hazari Court on 2nd November. pic.twitter.com/XFAbQn2gay
वकिलले गरेको व्यवहारप्रति हाल प्रहरी जवानले प्रदर्शन गरेको जनाइएको छ। मंगलबार बिहानैदेखि आइटीओस्थित दिल्ली प्रहरी मुख्यालयको बाहिर भारी संख्यामा प्रहरी जवानले विरोध गर्दै धर्ना दिएका थिए।
प्रहरीका उच्च अधिकारीहरुले उनीहरुलाई प्रदर्शन र धर्ना नगर्न भन्दै माइकबाटै आग्रह गरेका थिए।
प्रहरीका अनुसार शनिबार वकिलहरुले प्रहरीमाथि जाइ लागेर गाडीहरुमा तोडफोड गरेर आक्रमणको प्रयास गरे।
यद्यपी वकिलहरु प्रहरीको आरोपलाई स्वकार्दैनन्। वकिलका अनुसार प्रहरीको कुटपिटबाट एक वकिल घाइते भएका छन्। उनको यतिबेला सेन्ट स्टिफन्स अस्पतालमा उपचार भइरहेको उनीहरुको दाबी छ।
एएनआईसँग कुरा गर्दै बार काउन्सिल अफ इन्डियाका अध्यक्ष मनन कुमार मिश्राले भने,‘पार्किङ विवादपछि प्रहरीले वकिलसँग नराम्रो व्यवहार गरे। प्रहरीले निर्दोष वकिलमाथि गोली चलाए। बार काउन्सिलले प्रहरीको यस्तो कार्य स्वीकार्दैन।’
समाचार संस्था एएनआइका अनुसार उनीहरुको एक पत्रकारलाई तीस हजारी अदालतका वकिलले कुटपिट गरेका थिए। वकिलले यस विषयलाई पनि अस्वीकार गरेको छ।
एएनआइका अनुसार प्रहरी र वकिलबीचको झडपको रिपोर्टिङका क्रममा पत्रकारमाथि कुटपिट भएको थियो। ती पत्रकारको मोबाइल पनि खोसिएको थियो।
Delhi Commissioner of Police Amulya Patnaik addresses the police personnel protesting at the Police Head Quarters (PHQ) in ITO: In last few days, there have been certain incidents in the capital which we handled very well. The situation is improving after that. pic.twitter.com/5OWey3TimM
— ANI (@ANI) November 5, 2019Shares

प्रतिक्रिया