कारोबार


रामेछापमा नेपाल बैंकले गर्‍यो डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम

रामेछापमा नेपाल बैंकले गर्‍यो डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम

नेपालखबर
कात्तिक २, २०७८ मंगलबार १३:५८, काठमाडौँ

रामेछापको लिखुतामाकोसी गाँउपालिका ६ नं वडा कार्यालयको आयोजना तथा नेपाल बैक लिमिटेडको सहकार्यमा गत शनिबार तामाकोसी जनजागृति मावि खिम्तीमा दशैँको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमसहित डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। 

कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका वन, वातावरण तथा उद्योगमन्त्री शान्ति प्रसाद पौडेलले पानसमा बत्ती बालेर गरेका थिए। कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी दिपक पहाडी रहेका थिए। 

कार्यक्रम रामेछाप जिल्लाका प्रहरी प्रमुख नवराज ढुङ्गाना, लिखुतामाकोसी गाँउपालिकाका उप–प्रमुख दीपशिखा दाहाल र नेपाल बैंकका बागमती प्रादेशिक कार्यालयका प्रमुख विनय केसरी पौडेल लगायतका अतिथिहरुका साथै लिखुतामाकोसी गाँउपालिका वडा नं. ६ लगायत यस क्षेत्र आसपासका करिब ३ सय जना स्थानीय बासिन्दाहरु, व्यापारीहरु, व्यवसायीहरु, उद्योगीहरु, विद्यार्थीहरुको उपस्थितिमा करिब ४ घण्टा सो कार्यक्रम सञ्चालन भएको थियो। 

कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका वनमन्त्री पौडेलले आर्थिक विकासको लागि सरकार र बैकिङ्ग क्षेत्रको सहकार्यको अनिवार्य आवश्यकता रहेको र यसको लागि सरकार सधैँ तयार रहेको बताए। 

त्यसैगरी नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले ग्राहकहरुले बैंकप्रति देखाएको अपार विश्वासप्रति कृतज्ञता प्रकट गर्दै नेपालको पहिलो बैंकको रुपमा रहेको नेपाल बैकले ग्राहकको चाहना अनुसार प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराएको बताए। 

बैंकिङ ज्ञान अभिवृद्धि गर्न, बचत प्रोत्साहन गर्न, पुँजी निर्माण गरी उद्यमशीलता वृद्धि गर्ने साथै पछिल्लो समयमा कोभिड–१९ को महामारीको समयमा डिजिटल बैंकिङप्रति ग्राहकहरुले देखाएको आकर्षणको साथै डिजिटल बैकिङ्गका फाइदा तथा चुनौतीहरुबारे कार्यक्रमका प्रशिक्षकहरुले जानकारी गराएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad