कारोबार


जावा मोटरसाइकलले वीरगन्जमा विस्तार गर्‍याे डिलर

जावा मोटरसाइकलले वीरगन्जमा विस्तार गर्‍याे डिलर

नेपालखबर
कात्तिक २, २०७८ मंगलबार १३:४९, काठमाडौँ

अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले प्रतिमा चोक वीरगन्जमा आफ्नो नयाँ डिलर एसआर मोटोकर्पको स्थापनासँगै जावा मोटरसाइकलको विशिष्ट शोरूम खोलेको छ।  

बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज र सुर्खेतका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि वीरगन्जमा नयाँ डिलर नियुक्तिसँगै पूर्ण सुसज्जित शोरूम स्थापना गरेको हो।

एसआर मोटोकर्पका प्रबन्धनिर्देशक रविन्द्र श्रेष्ठका अनुसार थातथलोमै क्लासिक लिजेन्ड्सका जावा मोटरसाइकल ल्याउन पाउनु गर्वको कुरा भएको बताए। 

‘हाम्रो वीरगन्ज र यस वरिपरिका क्षेत्रमा मोटरसाइकलप्रेमीहरूका लागि यी क्लासिक मोटरसाइकलहरू उपलब्ध गराउन पाउँदा हामी निकै उत्साहित भएका छौँ’, उनले भने, ‘जावा एक प्रमाणित र प्रतिष्ठित ब्रान्ड हो, यसले निश्चित रूपमा मोटरसाइकल प्रेमीहरूको स्वायत्त चाहनालाई पूरा गर्नेमा म धेरै आशावादी छु।’ 

फेसनेबल लुक र यसको बलियो निर्माण सुविधाहरूले गर्दा वीरगन्जमा ग्राहकहरूबीच तत्काल हिट हुनेमा विश्वस्त रहेको उनले बताए। 

कम्पनीका अनुसार मोटरसाइकलप्रेमीहरूले अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न तथा प्रतीमा चोक, विरगन्ज र वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’का लागि  ९८०२९३५०४० डायल गर्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad