सुन आज प्रतितोला फेरि पाँच सय रुपैयाँ महंगो भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ८९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ।
अघिल्लो दिन सोमबार छापावाल सुन ८९ हजार ८ सय रुपैयाँ र तेजाबी सुन ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने तीन दिनयता प्रतितोला ११ सय ६० रुपैयाँमै कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस १७५६.९४ अमेरिकी डलरमा कारोबार भएको छ।
9
Shares
प्रतिक्रिया