ad ad

प्रविधि


फेसबुकले सार्वजनिक गर्‍याे ६ घण्टासम्म आफ्ना सेवा बन्द हुनुको कारण

फेसबुकले सार्वजनिक गर्‍याे ६ घण्टासम्म आफ्ना सेवा बन्द हुनुको कारण

नेपालखबर
असोज १९, २०७८ मंगलबार ११:२२, काठमाडौँ

नेपाली समयानुसार सोमबार राति सवा ९ बजेदेखि विश्वभर आफ्ना सेवा  झन्डै ६ घण्टा अवरुद्ध हुनुको कारण फेसबुकले सार्वजनिक गरेको छ। 

फेसबुक कम्पनीका अनुसार आफ्नो राउटरमा गरिएको कन्फिग्रेसन परिवर्तनका कारण फेसबुकसहित, म्यासेञ्जर, इन्स्टाग्राम, ह्वाट्सएप र अकुलस भीआरको सेवा डाउन हुन पुगेको हो। 

फेसबुकले आफ्नो ब्लगमार्फत भनेको छ, ‘डेटा सेन्टरहरूबीचको नेटवर्क ट्राफिकमा ठूलो समस्या आउँदा हाम्रा सबै सेवा बन्द भएका हुन्।’ 

फेसबुकका आधारभूत पूर्वाधार (बेसिक इन्फ्रास्ट्रक्चर) उपाध्यक्ष सन्तोष जनार्दनले भनेका छन्, ‘नेटवर्क यातायातमा यो अवरोधले हाम्रो डाटा सेन्टरको सञ्चार गर्ने तरिकामा ठूलो असर पार्यो र हाम्रा सेवा बन्द भए।’

सामान्य अर्थमा फेसबुकका प्रविधिले एकअर्कासँग गर्नुपर्ने सम्पर्क विच्छेद हुँदा सेवा अवरुद्ध भएको बुझ्न सकिन्छ। 

यो फेसबुक कम्पनीका लागि सन् २०१९ देखि यताकै ठूलो अवरुद्धता हो। त्यस वर्ष पनि २४ घन्टाभन्दा बढी समय फेसबुकका सेवा डाउन भएका थिए। 

यी पनि : ​

६ घण्टा फेसबुक बन्द हुँदा जुकरबर्गलाई ७ खर्बभन्दा बढी नोक्सान

विश्वभर फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप ६ घण्टा बन्द

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .