कारोबार


कतार एयरवेज बन्यो विश्व उत्कृष्ट हवाइ सेवा प्रदायक कम्पनी

कतार एयरवेज बन्यो विश्व उत्कृष्ट हवाइ सेवा प्रदायक कम्पनी

इनडिपेन्डेन्ट
असार ५, २०७६ बिहिबार ८:४९,

कतार एयरवेज विश्व उत्कृष्ट हवाइ सेवा प्रदायक कम्पनी बनेको छ।

यस वर्षको उत्कृष्ट एयरलाइन्स अवार्ड प्राप्न गर्ने क्रममा कतार एयरवेजले गत वर्षको उत्कृष्ट सिंगापुर एयरलाइन्सलाई पछाडि पारेको हो।

पेरिस एयर सोले वर्षेनी उत्कृष्ट हवाइ सेवा प्रदायक कम्पनीलाई पुरस्कृत गर्ने गर्दछ। यसपटक विश्वभरका २ करोडभन्दा बढी यात्रुले भोट गरेका थिए।

यात्रुका नजरमा कतार एयरवेज उत्कृष्ट कम्पनी बनेको हो। उत्कृष्ट एयरलाइन्सको अवार्ड पाएसँगै कतार एयरवेजक कार्यकारी प्रमुख अकबर अल बकरले भने,‘यो कतार एयरवेजका लागि गर्व गर्ने क्षण हो।’

उत्कृष्ट १० एयरलाइन्स

१. कतार एयरवेज

२. सिंगापुर एयरलाइन्स

३. एएनए अल निपोन एयरवेज

४. क्याथे प्यासिफिक

५. इमारेट्स

६. इभीए एयर

७. हाइनान एयरलाइन्स

८. कान्टस एयरवेज

९. लुपथांसा

१०. थाइ एयरवेज

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .