राजनीति


सामाजिक सञ्जालमा मध्यावधि चुनाबको चर्चा

सामाजिक सञ्जालमा मध्यावधि चुनाबको चर्चा

नेपालखबर
असार ५, २०७६ बिहिबार ८:३७,

प्रधानमन्त्री केपी शर्मा ओली दुई तिहाइ बहुमतका साथ सरकारको नेतृत्वमा छन्। सत्ता साझेदार संघीय समाजवादी फोरम बाहेक पनि सत्तारुढ नेकपासँग १७३ सांसद छन्।

२७५ सदस्यीय संघीय संसदमा यो संख्या भनेको दुई तिहाइ नजिक हो। यो बाहेक सरकारलाई १७ सदस्यीय संघीय समाजवादी फोरमको समेत साथ छ। अर्थात् सरकार दुई तिहाइ बहुमतमा छ।

यति बलियो सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीले संसद भंग गरेर मध्यावधि निर्वाचन गराउलान्? यो विषय झट्ट हेर्दा व्यवहारिक र पत्यारलाग्दो देखिँदैन।

तर बिहीबार एकाएक सामाजिक सञ्जालमा यो विषयले चर्चा पाएको छ। प्रचण्डसँग सरकार नेतृत्व आलोपालोका लागि गरिएको सहमति, पार्टीभित्रका आन्तरिक अन्तरद्वन्द्व र सरकारविरुद्ध मंगलबार माइतीघरमा भएको विशाल प्रदर्शनको पृष्ठभूमिमा यो विषयमा चर्चित बनेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस विज्ञ रामकृष्ण बजगाईंले काठमाडौं आएको भारतीय पत्रकार र एकजना कांग्रेस सांसदसँगको सल्लाहमा यो विषय चर्चामा आएको दाबी गरेका छन्।

पूर्व सचिव भीम उपाध्यायले २ वर्ष नभई अविश्वास प्रस्ताव ल्याउन नपाइने व्यवस्था स्मरण गराएका छन्। ‘दुई तिहाइले काम गर्न नसके तीन चौथाइ ल्याउन मध्यावधिमै जानुपर्ने होला। मान्छे, दल, पात्र सबै यिनै तिनै उही हुन्, विगत २ दशकदेखि’, उनले भनेका छन्।

— bhim upadhyaya (@upadhyayabhim) June 20, 2019

राजनीतिक विश्लेषक टीका ढकालले मध्यावधि निर्वाचनको चर्चा हल्ला मात्र भएको उल्लेख गरेका छन्। ‘मध्यावधि निर्वाचन हुँदैन। बेकारको हल्ला किन चलाएको होला?’, उनले भनेका छन्।

मध्यावधि हुँदैन । बेकारको हल्ला किन चला'को होला !

 कतिपयले मध्यावधि निर्वाचनमा जाने विषयलाई २०५१ सालको गिरिजाप्रसाद कोइरालाको निर्णयसँग तुलना गरेका छन्। २०४८ सालमा भएको प्रतिनिधि सभा चुनाबमा कांग्रेसले पूर्ण बहुमत पाएको थियो, कोइराला प्रधानमन्त्री बनेका थिए। पार्टीभित्रको ३६ र ७४ नाम पाएको अन्तरद्वन्द्वमा कोइरालाले प्रतिनिधिसभा भंग गर्दै मध्यावधि निर्वाचन घोषणा गरे। २०५१ मंसिरमा भएको मध्यावधि निर्वाचनमा तत्कालीन नेकपा एमाले सबैभन्दा ठूलो दल बन्यो, मनमोहन अधिकारी प्रधानमन्त्री बने। डम्बर खतिवडाले यही घटना स्मरण गरेका छन्।

कतिको भरपर्दो सूचना हो यो अरुण जी ? के प्रम ओली मुर्खताको त्यो हदसम्म पुग्न लाग्या हुन् र ? २०५१ का गिरिजा जस्तो ।

— dambar khatiwoda (@dambarkhatiwoda) June 20, 2019

कतिपयले दुई तिहाइको सरकार हुँदा पनि दिनदिनै आन्दोलनमा जानुभन्दा लाइन लागेर मध्यावधि निर्वाचनमा भोट हाल्न जानु वेश हुने धारणा राखेका छन्। केहीले यसलाई ‘दिवा सपना’ र अस्थिरता निम्त्याउने खेलको रुपमा टिप्पणी गरेका छन्। एक जना ट्विटर प्रयोगकर्ता शोहन लेख्छन्, ‘मध्यावधि चुनाबमा कांग्रेसकै पत्तासाफ हुने त हो। बजेट आएको छ खायो कम्युनिस्टले देश अब।’

साथिहरुको दिवा सपना शुरु भैसकेछ मध्यावधि निर्वाचन अरे हैट आखिर के खान्छन यि सम्पादक सरबोरोहरुले !

— जवान बुढो™ ! (@bhubang) June 20, 2019

यस्तै हल्ला गरेर मध्यावधि निर्वाचन तर्फ धकेल्न उक्साउने अस्थिरताको पक्षपातिहरु?️ https://t.co/ZZYl1HhOwd

— Dr. Falcon (@P0NEP) June 20, 2019

दुइतिहाइको सरकार हुँदा पनि दिनदिनै आन्दोलनमा जानुभन्दा त बरु एकदिन लाइनमा बसेर मध्यावधि निर्वाचनमा भोट हाल्नु नै वेश हुन्छ कि कसो ? सल्लाह/सुझाव पाँउ है ।

— मुकेश घिमिरे (@mukesh_Sindhuli) June 20, 2019

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .