कारोबार


उपभोक्ता अधिकार सुनिश्चित गराउन नेपाल–चीनबीच अनुभव आदानप्रदान

उपभोक्ता अधिकार सुनिश्चित गराउन नेपाल–चीनबीच अनुभव आदानप्रदान

नेपालखबर
कात्तिक ७, २०७६ बिहिबार १०:१२,

संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ताको अधिकार सुनिश्चित गराउने सन्दर्भमा छिमेकी मुलुक चीनले गर्दै आएको अभ्यासका बारेमा जानकारी लिएको छ।

समितिको बिहीबार बसेको बैठकमा चीनको राज्य प्रशासन तथा बजार अनुगमन निकायको प्रतिनिधिमण्डलसँग बजार अनुगमनका साथै उपभोक्ता अधिकार सुनिश्चित गराउने क्रममा नेपाल र चीनले गर्दै आएका कार्य अनुभव आदानप्रदान गरिएको थियो। छलफलमा समितिका सभापति विमलप्रसाद श्रीवास्तवले समितिले गर्दै आएका काम कारबाहीका बारेमा चिनियाँ प्रतिनिधिमण्डललाई जानकारी गराएका थिए।

समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका साथै उपभोक्ता अधिकारसँग सम्बन्धित निकायसँग छलफल गर्दै आएको छ। चिनियाँ प्रतिनिधिमण्डलले समितिले गर्दै आएको काम कारबाहीका बारेमा समितिका सदस्यबाट जानकारी लिएको थियो।

समितिका सदस्य मुकुन्द न्यौपानेले चाडपर्वका समयमा उपभोक्ता ठगिने सम्भावना हुने भएकाले नेपालले विशेषगरी चाडपर्वको समयमा बजार अनुगमनलाई तीव्रता दिँदै आएको बताए। अनुगमन टोलीले खरीद मूल्य र बिक्री मूल्यका आधारमा उपभोक्ता ठगीमा परेको वा नपरेको भनेर अनुगमन गर्ने गरेको चिनियाँ प्रतिनिधिमण्डललाई जानकारी गराएको हो।

त्यस्तै समितिले जनचासोका विषय सम्बोधन गर्न सम्बन्धित मन्त्रीलाई छलफलमा बोलाएर निर्देशन दिने गरेको उनले बताए। सो क्रममा चीनका राज्य प्रशासन तथा बजार अनुगमन सचिव टाङ जुनले नेपालको वाणिज्य समिति र आफ्नो मन्त्रालयले गर्ने काममा धेरै प्रकारको समानता रहेको बताएका थिए। उनले बजार अनुगमनका साथै उपभोक्ताको हकअधिकार सुरक्षित गराउन नेपालसँग मिलेर काम गर्न चाहेको बताए।

उनले सरकारको तहमा मन्त्रालयले उपभोक्ता अधिकारका बारेमा छलफल गर्ने र जनताको तहमा त्यहाँको उपभोक्ता मञ्चले उपभोक्ता अधिकार संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। उपभोक्ता अधिकार स्थापित गराउन चीनले विशेष प्रणालीको स्थापना गरेको उपमन्त्री टाङको भनाइ थियो।

कार्यक्रममा समितिका सभापति श्रीवास्तवले चीनको उन्नति र प्रगति देखेर आफूहरु अन्त्यन्त खुसी भएको बताए। उनले नेपालको द्विपक्षीय व्यापार प्रवद्र्धनका साथै पूर्वाधार विकासमा चिनियाँ सहयोगको अपेक्षा गरेको बताइन्।

‘समितिको काम कारबाहीलाई प्रभावकारी बनाउनका लागि चीनसँग सहकार्य गर्न चाहेका छौँ’, सभापति श्रीवास्तवले भने। उनले परिस्थिति अनुकूल भएमा बजार अनुगमनमा चिनियाँ प्रतिनिधिलाई लैजाने बताउका थिए। सो क्रममा चिनियाँ प्रतिनिधिमण्डलले समितिका सदस्यलाई चीन भ्रमणको निमन्त्रणसमेत दिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad