समाज


लन्डनको ट्रकमा भेटिएका ३९ शव सबै चिनियाँ नागरिकको

लन्डनको ट्रकमा भेटिएका ३९ शव सबै चिनियाँ नागरिकको

नेपालखबर
कात्तिक ७, २०७६ बिहिबार १०:१६,

ट्रक भित्र मृत भेटिएका सबै चिनियाँ भएको बीबीसीले जनाएको छ।

ग्रेज के वाटरग्लेड इन्डस्ट्रियल पार्क नजिकै रहेको ट्रकमा लासहरु भेटिएका थिए।

ट्रकमा ३९ जनाको लास देखेपछि प्रहरीले आश्चर्यमा परेका थिए। हत्याको आशंकामा प्रहरीले ट्रक ड्राइभरलाई गिरफ्तार गरेको छ।

प्रहरीका अनुसार ती ट्रक ड्राइभर उत्तरी आयरल्यान्डका हुन्। उनी २५ वर्षका हुन्। उनीमाथि अनुसन्धान सुरु भएको छ।

इसेक्स प्रहरीले दिएको जानकारी अनुसार उक्त ट्रक बुल्गारियाबाट आएको हो। जुन शनिबार वेलायतको वेल्सको होलीहेडमा देखिएको थियो।

Image result for london truck

यसअघि सन् २००० मा पनि ५८ चिनियाँ नागरिक लन्डनको एक ट्रक कन्टेनर भित्र मृत भेटिएका थिए।

अधिकारीहरुले अवैध रुपमा चीनबाट अन्य देश भाग्ने क्रममा उनीहरुको मृत्यु भएको आशंका गरेका छन्।

अत्यधिक जाडोका कारण उनीहरुको मृत्यु भएको अनुमान गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad