ad ad

कारोबार


नेपालमै एसेम्बल उद्योग स्थापना गर्ने मोटरहेडको घोषणा

नेपालमै एसेम्बल उद्योग स्थापना गर्ने मोटरहेडको घोषणा

नेपालखबर
असोज १, २०७८ शुक्रबार १६:५०, काठमाडौँ

मोटरसाइकल ब्रान्ड मोटरहेडले नेपालमै एसेम्बल उद्योग स्थापना गर्ने घोषणा गरेको छ। 

सरकारले ५० प्रतिशत अन्तःशुल्क छुट दिने नीति ल्याएसँगै मोटरहेडले उद्योग स्थापना गर्ने घोषणा गरेको हो। 

एसजी समूहको एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले गरेको ‘दि अल न्यू मोटरहेड टेकन आर २५०’को सार्वजनिक कार्यक्रममा कम्पनीले यस्तो घोषणा गरेको हो। 

एसजी ग्रुपका अध्यक्ष शिव प्रसाद घिमिरेले मोटरसाइकल सबैको अत्यावश्यक वस्तु भएको बताए। 

उनले कुनै समय तराईमा हरेक घरमा साइकल भएजस्तै अहिले मोटर साइकल रहेको बताए। 

सरकारले आयातित मोटरसाइकलको मूल्यमा कर बढाए पनि एसेम्बल उद्योगलाई प्रोत्साहन गरेको भन्दै स्वागत गरेका छन्।

‘हामी केही समयमै कम्पनी दर्ता प्रक्रियामा जान्छौँ’, अध्यक्ष घिमिरेले भने, ‘२ वर्षभित्र एसेम्बल उद्योग स्थापना गर्ने लक्ष्य राखेका छौँ।’

नाडा अटो मोबाइल्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालले सरकारलाई मोटरसाइकलमा कर नबढाउन आग्रह गरे पनि स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न खोजेको जवाफ आएको बताए।

‘हामीले सरकारलाई बढाएको कर फिर्ता लिन भनेका थियौँ तर सरकारले नेपालमै एसम्बल उद्योग स्थापना गर्न आग्रह गरेको छ’, अध्यक्ष दुलालले भने, ‘एसजी समूहले पनि नेपालमा छिट्टै एसेम्बल उद्योग स्थापना गर्ने विश्वास रहेको छ।’

उनले अबको ५ वर्षमा अधिकांश दुईपांग्रे मोटरसाइकल नेपालमै एसम्बल हुने विश्वास गरे। 

सरकारले हालै दुईपांग्रे सावारी एसेम्बल उद्योगलाई २५ प्रतिशत अन्तःशुल्का छुट दिँदै आएकोमा ५० प्रतिशत पुर्याएको छ। तयारी अवस्थाका मोटरसाइकलमा भने सीसीअनुसार कर बढाएको छ। 

एजजी समूह सन् १९९६ मा शिव प्रसाद घिमिरेको अध्यक्षमा स्थापित भएको थियो। 

२५ वर्ष पूरा भएको कम्पनीले ऊर्जा, एजपीजी ग्यास, सेवा, व्यापार, कृषि व्यवसाय, शिक्षा, बैंकिङ र निर्माण क्षेत्रमा समेत लगानी रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .