समाज


चोरीका मोटरसाइकल सहित ३ जना पक्राउ, २४ मोटरसाइकल फिर्ता

चोरीका मोटरसाइकल सहित ३ जना पक्राउ, २४ मोटरसाइकल फिर्ता

नेपालखबर
असोज १, २०७८ शुक्रबार १६:३९, काठमाडौँ

ट्राफिक प्रहरीले काठमाडौंस्थित थलीबाट चोरीका मोटरसाइकल सहित ३ जनालाई पक्राउ गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले चोरी गरि लगिरहेको अबस्थामा वागमती प्रदेश०२-०१५प ६१७२ नम्बरको २२० सीसीको कालो निलो पल्सर सहित  सिन्धुपाल्चोक पाँचपोखरी थामपालका बिजय धिताललाई पक्राउ गरेको हो।

धिताललाई कागेश्वरी–मनहरा वडा नं ५ स्थित थलीबाट नियन्त्रणमा लिएको ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए।

उनले उक्त मोटरसाइकल धनी खोटाङ्ग घर भई काँडाघारी बस्ने संजीब राईले यही भदौ ३१ गते अन्दाजी ४ बजे पार्किङ गरिरहेको अबस्थामा लभडाँडा काडाघारीबाट हराएको भनी जानकारी दिएका थिए भने सोही सूचनाको आधारमा खोजतलास गर्दै जाँदा उक्त स्कुटर फेला परेको एसएसपी भट्टराईले बताए।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान गर्ने क्रममा सिन्धुपाल्चोक मेलम्ची घर भई साँखु बस्ने वर्ष २६ को जीत बहादुर र २४ वर्षे बिष्णु तामाङ्ग (पाख्रीन) समेत भई चोरी गरेको र उनीहरुसँग अर्को चोरीको मोटरसाइकल समेत रहेको खुल्न आएको थियो। 

उनीहरुको खोजतलास गर्ने क्रममा माकलबारीबाट भाद्र १५ गते कोटेश्वरबाट हराएको निलो रङ्गको २२० सीसीको पल्सर सहित पक्राउ परेका हुन्। तारकेश्वर बस्ने सुमन धितालको प्रदेश ३-०२-००१प ७२८६ नम्बरको उक्त मोटरसाइकलमा नम्बर परिवर्तन गरी प्रदेश ३-०२-००७प ८४९४ भएको अबस्थामा पक्राउ गरेको हो।

पक्राउ परेका जीत बहादुर र बिष्णु दाजुभाई रहेको समेत अनुसन्धानबाट खुल्न आएको ट्राफिक महाशाखाले जनाएको छ। 

मोटरसाइकल चोरीमा संलग्न तिनै जनालाई मोटरसाइकल सहित महानगरीय प्रहरी बृत्त बानेश्वरमा थप अनुसन्धान एव कारबाहीको लागि पठाएको ट्राफिक महाशाखाले जनाएको छ।

ट्राफिक प्रहरीद्वारा २४ वटा मोटरसाइकल धनीलाई जिम्मा
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका बिभिन्न स्थानहरुबाट हराएका २४ मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। हस्तान्तरण गरिएका २४ मध्ये २० वटा मोटरसाइकल र ४ वटा स्कुटर रहेका छन्।

रोहन शर्मा, प्रदिप लामा, नारायण गिरी, सन्देश पुन मगर, मिन बहादुर लामा, भरत कुमार पोखरेल, कृष्णगरि बिष्‍ट, राजु श्रेष्ठ, सुरेश लामिछाने, निरन पाण्डे, लिला बहादुर आले, हरिभक्त शाही, भाईराजा कार्की, सुसिला सिलवाल, सन्देश आचार्य, शुक्रजंग पाण्डे, मिलन कुमार जोशी, राजिभ अर्याल, राजेन्द्र के।सी।, किर्पा घले, अनिल पौडेल, भैरव परियार, बाजेन्द्र थापा र फुर्वा नाम्गेल शेर्पाको हराएका मोटरसाइकलहरू महाशाखाको पीडित सहायता इकाईबाट खटिएको ट्राफिक प्रहरी टोलीले खोजतलास एवम् पक्राउ गरी सम्बन्धित धनीलाई बुझाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .