हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरलाई दुई थान कम्प्युटर खरिद गरी हस्तान्तरण गरेको छ।
महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका कर्मचारीहरुलाई आधुनिक प्रणालीको कम्प्युटरको कमी हुनाका कारण दैनिक प्रशासकीय कार्यमा ढिला–सुस्ती भएकोले उक्त सहयोग गरिएको बैंकले जनाएको छ।
बंैकले एक लाख दश हजार मूल्यको दुई थान कम्प्युटर सेट सहयोगस्वरुप प्रदान गरेको हो।
बैंकका तर्फबाट बंैकका मुख्य प्रबन्धक समीर आचार्यले उक्त महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रहरी उपरीक्षक मीम बहादुर लामालाई एक समारोहबीच उक्त सहयोग हस्तान्तरण गरेका थिए।
सो समारोहमा बैंक तथा वृत्तका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेका थियो।
15
Shares

प्रतिक्रिया