कारोबार


ईपीएल टोली काठमाडौं किंग्सको मुख्य प्रायोजक बन्यो शिवम् सिमेन्ट

ईपीएल टोली काठमाडौं किंग्सको मुख्य प्रायोजक बन्यो शिवम् सिमेन्ट

नेपालखबर
असोज १, २०७८ शुक्रबार ११:२७, काठमाडौँ

बजाज पल्सर एभरेष्ट प्रिमियर लिग क्रिकेटअन्तर्गत काठमाडौं किंग्स इलाभेन टिमको मुख्य प्रायोजन शिवम् सिमेन्ट लिमिटेडले गर्ने भएको छ। 

यही आउँदो २०७८ साल असोज ९ गतेदेखि असोज २३ गतेसम्म कीर्तिपुर स्थित टियु मैदानमा हुन गइरहेको बजाज पल्सर एभरेष्ट प्रिमियर लिगमा शिवम् सिमेन्ट स्ट्रेन्थ पार्टनरको रुपमा काठमाडौँ किंग्स इलाभेनमा आबद्ध हुनेछ। 

हालै भएको एक औपचारिक कार्यक्रममा शिवम् सिमेन्ट र काठमाडौं किंग्स ११ को तर्फबाट टेली होल्डिङ्स प्रा.लि बीच सम्झौता हस्ताक्षर भएको थियो। 

शिवम्ले काठमाडौं किंग्स इलाभेन टिमको मुख्य प्रायोजन तथा लिगको अवधिभर टेलिभिजन ब्रोडकाष्टको लागि स्ट्रेन्थ पार्टनरको रूपमा समेत आवद्ध हुने जनाएको छ। टियू खेल मैदानमा १५ दिनसम्म सञ्चालन हुने बजाज पल्सर एभरेष्ट प्रिमियम लिगमा ६ टिमहरु सहभागि हुनेछन्।

बहुचर्चित नेपाली बलर संदिप लामिछानेको कप्तानीमा उत्रिन लागेको काठमाडौँ किंग्स इलाभेन टिममा अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त अल राउण्डर क्रिकेटर साहिद अफ्रिदी र जनकप्रकाश आवद्ध छन् भने गुल्शन झा, सुवास खकुरेल र सिद्धान्त लोहनी सहित राष्ट्रियस्तरका स्टार खेलाडीहरू रहेका छन्। 

अनुभवी ख्याति प्राप्त खेलाडीहरूले भरिएको सन्तुलित टिम भएको हुनाले काठमाडौँ किंग्स इलाभेनले यस बजाज पल्सर एभरेष्ट प्रिमियर लिगमा खेल मार्फत सबैको मन जित्ने अटुट विश्वास लिइएको छ।

गुणस्तरीय उत्पादनमार्फत भरोसा जितेर सबैसँग अटुट सम्बन्ध स्थापित गर्न सफल शिवम् सिमेन्टको जस्तै गुणस्तरीय खेल मार्फत सबैको भरोसा जितेर काठमाडौँ किंग्स इलाभेनले सम्पूर्ण क्रिकेट प्रेमीहरूसँग एउटा आत्मीय सम्बन्ध स्थापित गर्न सफल हुन्छ भन्ने अपेक्षा गरिएको छ। 

आफ्नै चुन ढुङ्गा प्रयोग गरी अत्याधुनिक प्रविधि मार्फत तयार गरिएको देशकै पहिलो र एक मात्र एन एस अवार्ड प्रथमबाट सम्मानित सर्वोत्कृष्ट ओपिसि सिमेन्ट शिवम् सिमेन्ट ५३ ग्रेड र ४३ ग्रेडमा सर्वत्र उपलब्ध छ ।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad