ad ad

कारोबार


सगुनको स्मार्ट क्वाइन्स सार्वजनिक

सगुनको स्मार्ट क्वाइन्स सार्वजनिक

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार ९:३०,

‘कनेक्ट, शेयर र अर्न’ भन्ने लक्ष्य बोकेको सगुनले आफ्ना प्रयोगकर्ताको लागि सामान खरिद गर्न, उपहार दिन र कमाउन सकिने उद्देश्यसहित आफ्नो उत्पादन सोसियल स्मार्ट कार्ड– अ डिजिटल वालेट सार्वजनिक गरेको छ।

सगुनका अनुसर विगत दुई हप्तादेखि यसको आन्तरिक रुपमा परीक्षण भइरहेको थियो, जाहाँ धेरै प्रयोगकर्ताहरुले १० हजार स्मार्ट क्वाइन भन्दा धेरै कमाइसकेका छन्। उनीहरु छिटै ती क्वाइनमार्फत विभिन्न किसिमका सामान तथा सेवाहरु खरिद गर्न तयार छन्। सगुन लाइट डाउनलोड गरी फोनमार्फत साइन अप गर्न, आफूलाई मन परेका विषयवस्तुहरु छान्न र आफ्नो फोनलाई ओटिपी कोडमार्फत भेरीफाइ गर्न कम्पनीले आग्रह गरेको छ।

त्यसपछि ड्यासबोर्डमा स्मार्ट कार्ड एक्टिभेट गर्नुपर्छ। सीमित समयको लागि एक्टिभेसन निःशुल्क गरिएको छ। यसले आफ्नो स्मार्ट कार्ड एक्टिभेट गरेर १०१ स्मार्ट क्वाइन कमाउन सकिने भन्दै अब कमेन्ट गरेर, लाइक गरेर, पोस्ट गरेर, स्टोरी शेयर गरेर तथा साथीहरुलाई अन्य सामाजिक संजालबाट आमन्त्रण गरेर अझै क्वाइनहरु थप्न आग्रह गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .