राजनीति


कांग्रेस जिल्ला सभापतिहरूको आन्दोलन अन्त्य

कांग्रेस जिल्ला सभापतिहरूको आन्दोलन अन्त्य

नेपालखबर
भदौ १२, २०७८ शनिबार २०:४८, काठमाडौँ

क्रियाशील सदस्यको नामावली सार्वजकि गर्नुपर्नेलगायत तीनबुँदे माग राखेर पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा यही भदौ ९ गतेदेखि रिले अनशनमा बसेका नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले शनिबारबाट आफ्नो आन्दोलन अन्त्य गरेका छन्। 

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबरहादुर देउवा आफूहरूको माग पूरा गर्न सहमत भएकाले अनशन अन्त्य गरिएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका  ती कांग्रेसका जिल्ला सभापतिहरूले बताएका छन्। 

‘हाम्रा माग पूरा गर्दै अनशन स्थगित गरियो,’ कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले नेपालखबरसँग भने, ‘अब हामी सबै १४औं महाधिवेशनको महान् पर्वमा सहभागी हुन्छौं।’

शुक्रबार राति सभापति देउवासँग सहमति भएपछि सिटौला नेतृत्वको कार्यदलले अनशन तोडाएको हो।

अनशन सुरु गर्नुअघि जिल्ला सभापतिहरूले भदौ ८ गते धर्ना दिएका थिए। 

यो पनि : 

कांग्रेसमा सहमति : देशभर एकसाथ वडा अधिवेशन गर्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad