कारोबार


ह्वावेले एसिया प्यासिफिक स्टार्टअप इकोसिस्टममा एक सय मिलियन अमेरिकी डलर लगानी गर्ने

ह्वावेले एसिया प्यासिफिक स्टार्टअप इकोसिस्टममा एक सय मिलियन अमेरिकी डलर लगानी गर्ने

नेपालखबर
साउन २०, २०७८ बुधबार १६:१६, काठमाडौँ

ह्वावेले सिंगापुर र हङकङमा एकै साथ ह्वावे क्लाउड स्पार्क फाउन्डर्स समिटमा स्टार्टअप सपोर्टमा १०० मिलियन अमेरिकी डलर लगानी गर्ने योजना सार्वजनिक गरेको छ।

ह्वावेका अनुसार लगानी एशिया प्रशान्त क्षेत्रमा यसको स्पार्क कार्यक्रममा हुनेछ जसको आगामी तीन वर्षमा यस क्षेत्रको लागि एक दिगो स्टार्टअप इकोसिस्टम निर्माण गर्ने लक्ष्य रहेको छ।

ह्वावेले सिंगापुर, हङकङ, मलेसिया र थाइल्याण्डलाई आफ्नो स्टार्टअप हब बनाउन मद्दत गरिरहेको छ। शिखर सम्मेलनमा ह्वावेले यस कार्यक्रमले इन्डोनेसिया, फिलिपिन्स, श्रीलंका र भियतनाममा चार अतिरिक्त स्टार्टअप हबहरुरूको विकासमा आफ्नो प्रयास केन्द्रित गर्ने घोषणा गर्‍यो। स्पार्क एसेलेरेटर कार्यक्रममा कुल १ हजार स्टार्टअप भर्ती गर्ने व्यापक उद्देश्यसँगै स्केलअपमा ती मध्ये १०० लाई आकार दिने छ। 

साथै यो शिखर सम्मेलनमा ह्वावेले दुनियाँभरमा स्टार्टअपलाई समर्थन गर्न आफ्नो क्लाउड–प्लस–क्लाउड कोलाबोरेसन र जोइन्ट इनोभेसन कार्यक्रमको उद्घाटन गरेको थियो। ह्वावेले निरन्तर प्रयासलाई समर्पित गर्ने छ र क्लाउड–प्लस–क्लाउड कोलाबोरेसनमा पूर्ण व्यापार पोर्टफोलियोको लाभ उठाई प्राविधिक इनोभेसन, ग्लोबल र स्थानीय सेवाहरु र व्यापार इकोसिस्टमलाई बढावा दिन्छ, जसले स्टार्टअप्सको बृद्धिलाई बढावा दिनेछ। 

यो शिखर सम्मेलनमा धेरै प्रमुख एशियाली स्टार्टअप, शिक्षाविद्, विभिन्न उद्योग र सरकारहरु र मिडिया, साथसाथै ५० भन्दा बढी क्षेत्रीय शीर्ष उद्यम पूँजीपति र ३०० भन्दा बढि स्टार्टअप संस्थापकहरु उपस्थित थिए। कार्यक्रममा भाषण र प्यानलको ध्यान यो स्टार्टअप इकोसिस्टमको सामाजिक भ्यालु र कसरी प्राविधिक र इकोसिस्टम इनोभेसनलाई बढावा दिन सक्छन्, स्थानीय समुदायमा योगदान र सामाजिक आर्थिक विकासलाई ड्राइभ गर्न सक्छन् भन्नेमा केन्द्रित थियो। 

एशिया प्रशान्त स्पार्क कार्यक्रम अन्तर्गत तीन अतिरिक्त पहल कार्यक्रम ह्वावेद्वारा शुरू गरीएको थियोः स्पार्क डेभ्लपर कार्यक्रम जसको उद्देश्य एशिया प्रशान्त क्षेत्रमा ह्वावे क्लाउड द्वारा संचालित एक डेभ्लपर इकोसिस्टम को ख्याल गर्नु होस स्पार्क पिटस्टप कार्यक्रम ह्वावे क्लाउडमा स्टार्टअपलाई चलाउन र समर्थन गर्न डिजाइन गरिएको हो ताकि प्रोडक्ट डेभ्लप्मेन्ट अगाडि बढाउन सकियोस् र स्पार्क इनोभेसन प्रोग्रामले स्पार्क स्टार्टअप इकोसिस्टमव्दारा इन्टरप्रपईज इनोभेसनको सुविधामा ध्यान केन्द्रित गर्दछ। 

ह्वावेका वरिष्ठ उपाध्यक्ष र बोर्ड सदस्य क्याथरीन चेनले सामाजिक प्रगतिको लागी स्टार्टअप कति महत्वपूर्ण छ र ह्वावेले स्टार्टअपलाई समर्थन गर्न के गर्दैछ भन्ने कुरामा जोड दिएर शिखर सम्मेलनको उद्घाटन गरे। 

‘स्टार्टअप र एसईएस हाम्रो समयका आविष्कारक, अवरोधक र अग्रगामी हुन्। ३४ वर्ष पहिले, ह्वावे मात्र ५,००० डलर दर्ता पूँजी भएको एक स्टार्टअप थियो। भर्खरै, हामी सोचिरहेका छौं, हामी कसरी हाम्रो अनुभव र श्रोतहरूद्वारा स्टार्टअपलाई चुनौतिको सम्बोधन गर्न मद्दत गर्न सक्छौं। यसो गर्नाले उनीहरूलाई डिजिटल रूपान्तरणद्वारा प्रस्तुत अवसरहरूको उपयोग गर्नको लागि, व्यापार सफलता हासिल गर्नको लागि र संसारको लागि अधिक इनोभेटिभ उत्पादनहरु र सोलुसनहरुको विकास गर्ने वातावरण हुनेछ।’

ह्वावेको क्लाउड बिजनेस युनिटका सीईओ झांग पिंगुआनले भने, ‘२०१७ मा यसको प्रक्षेपणपछि ह्वावे क्लाउड संसारको सबैभन्दा छिटो बढ्दो क्लाउड भएको छ र अनगिन्ती स्टार्टअपको बृद्धिलाई प्रेरित गरेको छ। गत वर्ष हामीले एसिया प्रशान्तमा स्पार्क प्रोग्राम शुरु गरेका थियौं। यस कार्यक्रमव्दारा हामी स्थानिय सरकार, अग्रणी इन्क्यूबेटर, प्रसिद्ध भीसी फर्महरु र शीर्ष विश्वविद्यालयहरुसँग धेरै क्षेत्रहरूमा स्टार्टअपको लागि प्लेटफर्म निर्माण गर्ने लागि काम गरिरहेका छौं। अहिले ४० स्टार्टअप हाम्रो कार्यक्रममा भाग लिइरहेका छन्।’ 

झांगले थपे, ‘आजबाट हामी चार नयाँ पहलहरुको माध्यमबाट स्टार्टअपको लागि हाम्रो सहयोग बढाउँदैछौं, ती हुन् क्लाउड–प्लस–क्लाउड कोलाबोरेसन, निरन्तर प्रविधि इनोभेसन, वैश्विक र स्थानीय सेवाहरु र उच्च गुणस्तरीय व्यापार इकोसिस्टम। आज, हामीले हाम्रो क्लाउड–प्लस–क्लाउड कोलाबोरेसन र जोइन्ट इनोभेसन कार्यक्रमको शुरुवात गर्‍यौं, जसको माध्यमबाट हामी स्टार्टअपलाई ४० मिलियन अमेरिकि डलर मूल्यको श्रोतहरु को सहयोग गर्नेछौं। त्यो लगानीको आधा जति ह्वावे क्लाउड, आधा ह्वावे मोबाइल सेवा (एचएस) बाट आउँदैछ। २०२१ मा हाम्रो योजना एचएस इकोसिस्टममा २०० स्टार्टअपलाई समर्थन गर्ने र च्यानल श्रोतहरुको हाम्रो नेटवर्क विश्वव्यापी डेभ्लपरहरुसंग १ बिलियन ह्वावे उपकरण प्रयोगकर्ताहरुलाई सेवाको साथ सेयर गर्ने रहेको छ। थप रूपमा, हामी एक लाख एचएस क्लाउड–नेटिभ डेभ्लपर्सलाई समर्थन गर्न एक एचएस डेभ्लपर इनोभेसन केन्द्र खोल्नेछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad