सीई ग्रुपले काठमाडौंको भोटेबहालमा बहुउद्देश्यीय प्लाजाको निर्माणकार्य सुरु गरेको छ।
ग्रुपअन्तर्गतको सीई रियलस्टेटले भोटेबहालस्थित सिद्धि गणेश होटलको अगाडि ६ तले प्लाजा निर्माण सुरु गरेको हो।
पसल, अफिस र अपार्टमेन्टसहितको भोटेबहाल प्लाजा ३४ आना जग्गामा बन्नेछ।
सीई कन्सट्रक्सनकी मार्केटिङ म्यानेजर सजिता डंगोलले भोटेबहाल प्लाजाको निर्माण कार्य सुरु भएको बताइन्।
प्लाजाको बेसमेन्टले नै ७० प्रतिशत जग्गा ओगट्नेछ। ८ हजार २०१ वर्गफिटको बेसमेन्टमा गाडी पार्किङको सुविधा हुनेछ।
बहुउद्देश्यीय प्लाजामा पसल, कार्यालयसँगै त्यहीँ बस्न मिल्ने अपार्टमेन्ट भवन निर्माण हुँदै छ।
काठमाडौंको व्यापारिक केन्द्र भोटेबहालमा हुने अपार्टमेन्ट व्यवसायीहरुको लागि बढी उपयोगी हुने कम्पनीको विश्वास छ।
प्लाजामा ग्राउन्ड फ्लोर, पहिलो र दोस्रो तलामा आफूअनुकूलको पसल सञ्चालन गर्न सकिनेछ। तलाअनुसार खाली ठाउँको मूल्य भने फरक–फरक हुनेछ।
ग्राउन्ड फ्लोरमा प्रतिवर्गफिट मूल्य महंगो रहेको छ भने माथिल्लो तलाअनुसार कम छ।
कम्पनीका अनुसार ग्राउन्ड फ्लोरसहित पहिलो र दोस्रो तलामा पसल हुनेछन्।
तेस्रो तला अफिसको लागि प्रयोग गर्न सकिनेछ भने चौथो र पाँचौँ तलामा अपार्टमेन्ट हुनेछन्।
ग्राउन्ड फ्लोरमा २२ वटा पसल हुनेछन्। एउटा पसल १२८ वर्गफिटदेखि २३२ वर्गफिटमा हुनेछ।
ग्राउन्ड फ्लोरमा अधिकांश युनिट बुकिङ भइसकेका छन्। एउटा युनिटको ६३ लाख रुपैयाँदेखि १ करोड १२ लाखसम्म पर्ने कम्पनीले बुकिङ गरेको छ।
अब दोस्रो, तेस्रो, चौथो र पाँचौँ तलामा प्लट अझै खाली छ। दोस्रो तलामा ९८ लाखदेखि १ करोड २ लाखसम्मका युनिट खाली छन्।
तेस्रो तल्लामा ९७ लाखदेखि २ करोड ३६ लाखसम्मको युनिट खाली छन्। अपार्टमेन्ट रहेको चौथो तल्लामा २ करोड ८६ लाख र पाँचौँ तल्लामा १ करोड १६ लाखदेखि ३ करोड ७७ लाखसम्मका युनिट खाली छन्।
Shares
प्रतिक्रिया