ad ad

कारोबार


खोपको सुनिश्चितता गर्दै पर्यटन क्षेत्र चलायमान बनाउन व्यवसायीको माग

खोपको सुनिश्चितता गर्दै पर्यटन क्षेत्र चलायमान बनाउन व्यवसायीको माग

फाइल तस्बिर


नेपालखबर
असार २२, २०७८ मंगलबार १३:८,

पर्यटन व्यवसायीहरुले खोपको सुनिश्चितता गर्दै पर्यटनलाई चलायमान बनाउन माग गरेका छन्।

आव २०७८÷०७९ को बजेटका सन्र्दभमा बोर्डले आयोजना गरेको भच्र्युअल   कार्यक्रममा स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै खोपको सुनिश्चितता गर्न माग गरेका हुन्। 

व्यवसायीले कोभिडको माहामारीले थलिएको पर्यटनलाई पुनरुत्थान गर्न डिजिटल मार्केटिङमा जोड दिन   पर्यटन बोर्डलाई सुझाव दिएका छन् । 

व्यवसायीहरुले कोभिडको कारण तत्काल अन्तर्राष्ट्रिय पर्यटकहरु आउने सम्भावना कम रहेकोले भोलिको तयारीस्वरुप डिजिटल मार्केटिङलाई जोड दिनुपर्ने बताए। 
 
कार्यक्रममा नेपाल वायुसेवा निगमका निर्देशक जनक रुपाखेतिले डिजिटल मार्केटिङसँगसँगै अन्तरराष्ट्रिय कनेक्टिभिटिमा जोड दिन आवश्यक रहेको बताए। 

यस्तै टर्किस एयरलाइन्सका नेपाल कार्यालयका जनरल म्यानेजर अबदुल्ला टंसरले छिटो हुने स्वास्थ्य मापदण्डको फेरबदल र सीमित उडानले यतिबेला कम पर्यटक आएको बताउँदै अन्तरराष्ट्रिय समुदायमा नेपाल खुला छ। 

सेभेन समिटका सञ्चालक मिङ्मा शेर्पाले लकडाउन केही खुकुलो हुँदा पर्यटकीय पर्यटनमा केही आशा जागे पनि पछिल्लो लकडाउने समस्या पारेको उल्लेख गर्दै दुवै डोज खोप लगाएर आएका तथा पीसीआर गरेर आएका पर्यटकहरुलाई सहज हुने गरी कार्यक्रम ल्याउनुपर्ने बताएका छन्। 

अन्तर्क्रियामा बोर्डका उपाध्यक्ष तथा स्रोत व्यवस्थान एवं कार्यक्रम तथा बजेट व्यवस्थापन समितिका संयोजक चन्द्रप्रसाद रिजालले यो वर्ष डिजिटल मार्केटिङ र आन्तरिक पर्यटन नै बोर्डको प्राथमिकतामा रहेको बताउँदै जानकारी दिँदै बोर्ड स्रोत ब्यवस्थापनमा लागिरहको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .