डिफेन्डिङ च्याम्पियन ब्राजिल कोपा अमेरिका २०२१ को फाइनलमा पुगेको छ।
मंगलबार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १–० गोल अन्तरले हराउँदै ब्राजिल उपाधि नजिक पुगेको हो।
ब्राजिलले खेलको ३५औँ मिनेटमा लुकास पक्वेटाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।
पहिलो हाफको इन्ज्युरी समयमा रेनान लोदीको हेडर बाहिरिँदा ब्राजिल अग्रता दोब्बर पार्नबाट वञ्चित भयो।
दोस्रो हाफको सुरुवातमा नै पेरुले गोल गर्ने मौका पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा बराबरी गर्नबाट चुक्यो।
ब्राजिलले अब उपाधिका लागि अर्जेन्टिना र कोलोम्बियाबीचको खेलको विजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनल खेल बुधबार बिहान हुनेछ।
ब्राजिलसँग पराजित पेरुले तेस्रो स्थानका लागि दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ।
102
Shares
प्रतिक्रिया