चितवनमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
राप्ती नगरपालिका-४ लक्ष्मीनारारायण चोकस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको हो।
हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको बा१८च ९८९६ नम्बरको स्कारपियोले विपरीत दिशाबाट आइरहेका साइकलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
ठक्करबाट घाइते भएका साइकलयात्रीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो।
अन्दाजी ३०/३५ वर्षीय साइकलयात्रीको नाम ठेगाना नखुलेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।

प्रतिक्रिया