अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवरलाई घुस रकमसहित पक्राउ गरेको छ।
उनले रजिष्ट्रेसन पास गर्न नियमअनुसार आवश्यक सबै कागजात प्रमाणसहित पेश गर्दा पनि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस माग गरेका थिए। पीडित सेवाग्राहीले सो सूचना अख्तियारलाई दिएका थिए।
सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले कुँवरलाई सेवाग्राहीसँग बुझेको ५९ हजार रुपैयाँ घुस रकमसहित मुस्ताङ चोक नजिकबाट भदौ ३ गते पक्राउ गरेको हो।

प्रतिक्रिया