सोमबार बिहानै पाकिस्तानी सेनाले गरेको गोलीबारीमा गोर्खा जवान दीपक कार्कीको मृत्यु भएको छ।
भारतीय सेनाका उनी नेपाल गुल्मी क्षत्रकोट ५, खर्ज्याङ निवासी श्री शलिकराम कार्कीका छोरा हुन्।
उनी जम्मु कास्मीरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा तैनाथ थिए। कार्की ३/५ गोरखा राइफल्समा हवल्दार पदमा थिए।
आज बिहान लगभग ५ः३० बजे पाकिस्तानी सेनाले गरेको गोलीबारीमा उनी गम्भीर घाइते भएका थिए। केही घण्टापछि उनको मृत्यु भयो।
सेनाका प्रवक्ता लेफ्टिनेण्ट कर्नल देवेन्द्र आनन्दले यसबारे जानकारी गराएका छन्।
“हवलदार दीपक कार्की एक बहादुर र इमान्दार सिपाही थिए”, भारतीय सेनाका प्रवक्ता आनन्दले भनेका छन्, “उनको सर्वोच्च त्याग र कर्तव्य र समर्पणका लागि राष्ट्र उनीप्रति सदैव ऋणी रहनेछ।”
प्रतिक्रिया