प्रवास


पोल्यान्डमा याक्थुङ लिम्बू समाज गठन, अध्यक्षमा गणेश

पोल्यान्डमा याक्थुङ लिम्बू समाज गठन, अध्यक्षमा गणेश

नेपालखबर
माघ २०, २०८२ मंगलबार १३:२७, मध्य युरोप

युरोपेली मुलुक पोल्यान्डमा आएर विभिन्न पेशा व्यवसाय संलग्न रहेका लिम्बू समुदायहरुले याक्थुङ लिम्बू समाज गठन गरेका छन्।

पोल्यान्डको राजधानी वारसास्थित सेन्ट्रुम नेपाल रेष्टुरेण्टको सभाहलमा हिजो भएको भेलाले गणेश सिंजागु लिम्बूको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको हो।

सुनिता लावतीलाई संरक्षकमा चयन गरिएको याक्थुङ लिम्बू समाज पोल्यान्डको उपाध्यक्षमा हरिचन्द्र योङहाङ र सचिवमा विजय लिम्बू चुनिएका छन्। भेलाले सहसचिवमा लबिन योङहाङ तथा कोषाध्यक्षमा सदिक्षा सम्बाहाम्फे चयन गरेको छ।

त्यसैगरी, सदस्यहरूमा जोनी सम्बाहाम्फे, नन्द माबुहाङ, अशोक कन्दङ्वा, सन्तोष चेम्जोङ, किसान लिम्बू, सन्तोष थेगुवा लिम्बू , उमेश सुब्बा, सीमा लिम्बू , कुमारी लिम्बू र हाङमा लिम्बू सर्वसम्मत चुनिएका छन्।

भेलाले प्रमुख सल्लाहकारमा अम्बिका हाङबाङ् तथा सल्लाहकारहरुमा लोकेन्द्र आम्बुङ, मनकुमार यक्सो तथा  टीकाराम सोदेम्बालाई जिम्मेवारी प्रदान गरेको छ।

प्रवासमा रहेर पनि लिम्बू समुदायको हकहित र विकासमा सहयोग गर्दै भाषा, लिपी संस्कृतिको जगेर्ना गर्न संस्था तत्पर रहने र नेपाली तथा पोलिस समुदायबीच भाईचाराको सम्बन्ध स्थापना गर्दे सहकार्य गर्ने मुख्य उद्देश्य लिएको नवनिर्वाचित अध्यक्ष गणेश सिंजागु लिम्बूले जानकारी दिए।

संस्थाको विधान पारित तथा पोल्याण्डमा काम तथा बसोबास सम्बन्धी जानकारीमूलक छलफल समेत भएको भेला सुनिता लावतीको अध्यक्षता तथा अम्बिका हाङ्बाङ सञ्चालनमा भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad