प्रवास


पोल्यान्डमा राहदानी नवीकरण घुम्ती शिविर सम्पन्न, रोमानियामा छिट्टै हुने

पोल्यान्डमा राहदानी नवीकरण घुम्ती शिविर सम्पन्न, रोमानियामा छिट्टै हुने

शेरबहादुर परियार
पुस २२, २०८२ मंगलबार १६:४४, मध्य युरोप

युरोपेली मुलुक पोल्यान्डमा नेपालीहरूको राहदानी नवीकरणका लागि भएको घुम्ती शिविर सम्पन्न भएको छ।

हालसम्म राजधानी वारसामा मात्र केन्द्रित हुँदै आएको घुम्ती शिविर पहिलोपटक पोल्यान्डको चौथो ठूलो सहर भ्रोस्वाभमा भएको हो।

जर्मनीस्थित नेपाली राजदूतावास बर्लिनले वारसाका लागि नेपाली अवैतनिक वाणिज्यदूतावास तथा एनआरएनए क्षेत्रीय समिति डोनोलस्कीको समन्वयमा जनवरी २ देखि ५ तारिख सम्म चार दिने शिविर सञ्चालन गर्‍यो। 

जनवरी ४ सम्म पूर्वनिर्धारित तीन दिनको शिविरमा सेवाग्राहीको चाप अधिक देखिएकोले दूतावासले १ दिन थप गरेको हो।

चेक रिपब्लिकपछि हिजो पोल्यान्डमा सम्पन्न गरेको राहदानी नवीकरण घुम्ती शिविर दूतावासले अब निकट समयमा नै रोमानियामा सञ्चालन गर्ने योजना रहेको जनाएको छ।

बर्लिनस्थित नेपाली राजदूतावासको जर्मनीसहित, पोल्यान्ड, रोमानिया, चेक रिपब्लिक, स्लोभाक, हङ्गेरी, युक्रेन, बुल्गेरिया र भ्याटिकन सिटी (होलीसी) समेत १० वटा देशमा सेवा तथा कुटनीतिक क्षेत्र पर्छ।

दूतावासका कार्यवाहक राजदूत सागरप्रसाद फुयालको नेतृत्वमा प्रथम सचिव रन्जन यादव तथा स्थानीय कर्मचारी चन्द्रकला परियारको टोलीले भ्रोस्वाभ सहरस्थित अलैया आर्मी क्रोयोवे ५३, ५०-५४१ मा घुम्ती सेवा सम्पन्न गरेको हो।

घुम्ती शिविरमा ४ सय ९६ जना सेवाग्राहीले राहदानी नवीकरणका लागि प्रि-इनरोलमेन्ट फारम बुझाएका छन्। साथै केही राहदानी वितरण र केहीले अधिकृत वारेसनामा प्रमाणीकरण लगायतका कन्सुलर सेवा लिएको जर्मनीस्थित नेपाली राजदूतावास, बर्लिननका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले जानकारी दिए।

‘घुम्ती शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविर सम्पन्न गर्नका लागि सहयोग गर्ने नेपाली अवैतनिक वाणिज्यदूतावास, एनआरएनए क्षेत्रीय समिति डोनोलस्की, नेपाली संघसंस्था, स्वयंसेवक लगायत सबैलाई दूतावासको तर्फबाट धन्यवाद छ,’ कार्यवाहक राजदूत फुयालले नेपालखबरसँग भने, ‘दूतावासले आगामी दिनमा पनि नेपाली समुदायसँग यस्तै समन्वय र सहयोगमा सेवा सञ्चालन गर्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad