राजनीति


कारागारमा छन् टोपबहादुर रायमाझी, अर्घाखाँचीबाट पहिलो नम्बरमा सिफारिस भयो नाम

कारागारमा छन् टोपबहादुर रायमाझी, अर्घाखाँचीबाट पहिलो नम्बरमा सिफारिस भयो नाम

नेपालखबर
पुस २२, २०८२ मंगलबार १७:६, काठमाडौँ

नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा हाल केन्द्रीय कारागार सुन्धारामा पुर्पक्षका लागि थुनामा रहेका छन्। 

तर, आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावका लागि जिल्लाबाट उनको नाम पहिलो नम्बरमा सिफारिस भएर आएको छ। 

नेकपा एमाले अर्घाखाँची जिल्ला कमिटीको आज बसेको बैठले उनलाई पहिलो नम्बरमा राखेर उनीसहित ५ जनाको नाम सिफारिस गरेको छ। 

जिल्ला अध्यक्ष पिताम्बर भुसालका अनुसार पहिलो नम्बरमा राइमाझी सिफारिस भएका छन्। त्यसपछि पिताम्बर भुसाल, पिताम्बर भुसाल, बोमबहादुर विश्वकर्मा, भोजबहादुर शाह र बिजुला रायमाझीको नाम सिफारिस भएको छ। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा २०८० वैशाख ३१ गते रायमाझी पक्राउ परेका थिए। अदालत काठमाडौँले उनलाई त्यही वर्षको असार १ गते पुर्पक्षका लागि थुनामा पठाइएको थियो। 

भुसालले रायमाझीलाई गैरकानुनी थुनामा राखिएको भन्दै उनको सम्मानस्वरुप पनि नाम सिफारिस गरेर पठाएको बताए। ‘उहाँ हुनुपर्छ भन्ने जिल्लाको सम्मान र माग पनि हो,’ उनले नेपालखबरसँग भने, ‘उहाँ गैरकानुनी थुनामा हुनुहुन्छ। मुद्धाको फैसला भएको छैन।’

सफाइ पाएमा उम्मेदवारमा रायमाझीलाई प्राथमिकता दिइने पनि भुसालले बताए। ‘फेरि उहाँ क्लिनचिट पाएर निस्किनु भयो भने उहाँलाई प्राथमिकतामा राख्ने भन्ने हो,’ उनले भने।

रायमाझीले यसअघि २०७९ मा एमालेबाट चुनाव जितेका थिए। त्यसअघि माओवादीमा रहेका उनीले माओवादी शान्ति प्रक्रियामा आएपछि लडेका २०६४, २०७० र २०७४ को पनि चुनाव जितेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad