युरोपेली मुलुक रोमानियामा आगलागीमा जलेर मृत्यु भएका २ नेपाली युवतीको शव नेपाल पठाइएको छ।
गत २९ सेप्टेम्बरमा रोमानियाको प्रहोभास्थित तातरानी सहरमा रहेको होटल डालेमा भएको आगलागीमा मृत्यु भएका इलामको माई नगरपालिका-७ घर भएकी २१ वर्षीया सोनी लिम्बू र काठमाडौँको दक्षिणकाली नगरपालिका-९ घर भएकी २४ वर्षीया सुस्मिता तामाङको शव आज नेपाल पठाइएको हो।
‘सोनी, सुस्मिता तथा सेप्टेम्बर २६ मा दुर्घटनामा परी मृत्यु भएका धनुषाका वीरेन्द्रकुमार ठाकुरको शव हिजो साँझ टर्किस एयरलाइन्सको उडानबाट नेपाल पठाइएको छ,’ जर्मनीको बर्लिनस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सागरप्रसाद फुयालले नेपालखबरसँग भने, ‘तीनै जनाको शव १९ तारिख बिहान काठमाडौँ पुग्नेछ।’
त्यसको जानकारी सम्बन्धित मृतकका परिवारलाई गराइसकिएको उपप्रमुख फुयालले बताए।
रोजगारीको सिलसिलामा मृतक सोनी १ वर्ष र सुस्मिता ५ महिनाअघि मात्र रोमानिया आएका थिए। काम गर्ने होटलकै माथिल्लो तलामा बस्ने उनीहरूको विद्युत् सर्ट भएर लागेको आगोमा परी मृत्यु भएको हो।
आगलागीमा परी सोनी र सुस्मिताको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते भएकी इलामको चुलाचुली गाउँपालिका-३ घर भएकी सुमिना मगर उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छन्।
रोमानियाको होटलमा आगलागीमा मृत्यु हुने सोनी र सुस्मिता भएको पुष्टि
रोमानियाको होटलमा आगलागीमा परी २ नेपाली महिलाको मृत्यु
Shares

प्रतिक्रिया