प्रवास


रोमानियाको होटलमा आगलागीमा परी २ नेपाली महिलाको मृत्यु

रोमानियाको होटलमा आगलागीमा परी २ नेपाली महिलाको मृत्यु

शेरबहादुर परियार
असोज १४, २०८२ मंगलबार १७:५, वारसा (पोल्यान्ड)

रोमानियाको एक होटलमा भएको आगलागीमा परी २ नेपाली महिलाको मृत्यु भएको छ।

हिजो आगलागी भएको होटल डाले हो। उक्त होटल रोमानियाको राजधानी बुखारेष्टबाट लगभग ५२ किलोमिटरमा दुरीमा पर्ने प्रहोभा सहरमा पर्छ।

आगलागीमा परेर २१ र २४ वर्षका लिम्बू तथा तामाङ थरका दुई नेपाली महिलाको घटना स्थलमै मृत्यु भएको हो।

मृत्यु भएका २ जना नेपाली महिलाहरू सोहि होटलमा कामदार रहेको बताइएको छ। 

‘होटलको माथिल्लो तलामा सुतेको अवस्थामा २ जनाको मृत्यु भएको हो। १ जनाको अस्पतालमा उपचार भइरहेको होटल बाहिर सुतेका अर्को १ जना सकुशल रहेका छन्’ आगलागीबाट घाइते भएका व्यक्तिलाई उदृत गर्दै नेपाल पत्रकार महासंघ युरोप शाखाका सदस्य ल्हाक्पा तेन्जी लामा शेर्पाले रोमानियाबाट टेलिफोन सम्पर्कमा नेपालखबरसँग बताए।

अग्नि सुरक्षा सम्बन्धी अनियमितताका कारण उक्त होटल एक हप्ता अघि नै प्रशासनले बन्द गरेको बताइएको छ।

रोमानियाका स्थानीय सञ्चार माध्यम र नेपाली समुदायबाट घटनाको जानकारी प्राप्त भएको र आवश्यक समन्वयका लागि पहल भइरहेको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad