प्रवास


बेलायतबाट अनिलाले ल्याइन् ‘वीर गोर्खाली’

बेलायतबाट अनिलाले ल्याइन् ‘वीर गोर्खाली’

मगेन्द्र राई
असार १, २०८२ आइतबार १२:४४, बेलायत

भनिन्छ, खुकुरीबिनाको गोर्खा सैनिक र दातबिनाको सिंह उस्तै हुन्। खुकुरी केवल हतियार मात्र होइन, गोर्खालीको आत्माको एक अभिन्न हिस्सा पनि हो। जब खुकुरी दापबाट बाहिर निस्कन्छ, त्यो रगत नपिई दापमा फर्कन्न।

यस्तै गोर्खा सैनिक र खुकुरीको वीरताको गाथा समेटिएको ‘वीर गोर्खाली’ शीर्षकको म्युजिक भिडिओ बेलायतवासी गायिका तथा गीतकार अनिला राईले भर्खरै सार्वजनिक गरेकी छन्।

भोइस अफ नेपाल सिजन–६ का प्रतियोगी सुदेश राईको स्वर रहेको उक्त म्युजिक भिडिओ अनिलाको आफ्नै अफिसियल युट्युब च्यानलबाट गत आइतबार सार्वजनिक गरिएको हो।

सात वटा गीति एल्बमसहित सयौँको संख्यामा आफ्नो स्वर भरेर गायन र लेखनमा आफ्नो परिचय बनाएकी अनिलाले यो भन्दा अगाि पनि थुप्रै म्युजिक भिडिओ सार्वजनिक गरिसकेकी छन्।

अहिले सार्वजनिक ‘वीर गोर्खाली’ म्युजिक भिडिओमा उदयिमान युवा संगीतकार पवन बान्तावा राईले सङ्गीत भरेका हुन्।

राजु कार्कीको एरेन्ज/मिक्सिङ/मास्टरिङ रहेको म्युजिक भिडिओको सम्पादन दामी क्रिएसनको रहेको छ भने निर्देशन प्रकाशको रहेको छ। देव दोर्जी लामाको छायांकन रहेको उक्त म्युजिक भिडिओको रेकडिस्ट मनोज साङ्सोन राई र सुरेश पायल राईको रहेको छ। गीत किङ स्टुडियोमा रेकर्ड गरिएको हो।

पप लयमा आधारित उक्त गीतमार्फत विश्व युद्धलगायत अन्य युद्धमा गोर्खालीहरूले प्रदर्शन गरेको वीरता, विश्व शान्तिको निम्ति गरेको योगदान र खुकुरीको महत्त्वलाई थप उजागर गरिएको छ। दुस्मनको बन्दुक र तोपहरूविरुद्ध वीर गोर्खालीले नाङ्गो खुकुरीद्वारा शत्रुहरूको उछितो काडेको गौरवशाली इतिहास गीतमार्फत चित्रण गरिएको छ।

नेपालमा लोकप्रियताको शिखरमा चढ्दै गरेको उर्वर समयमा बेलायतलाई कर्मभूमि बनाएपश्चात् पनि अनिलाले नेपाली गीतसङ्गीगतलाई निरन्तरता दिइरहेकी छन्।

अनिला भन्छिन्, ‘मेरो लागि वाइनबिनाको रित्तो गिलास र सङ्गीतबिनाको जीवन उस्तै हो। मेरो लागि सङ्गीत औँसीमा टह टह पूर्णिमाको जुन जस्तै हो, म सङ्गीतबाट अलग हुने कल्पना गर्न सक्दिनँ।’

वातावरण र परिवेशले गीतहरू फुर्ने गरेको उनले बताइन्। अनिलाले विशेषगरी सामाजिक, पारिवारिक, प्राकृतिक, ऐतिहासिक, पहिचान, प्रगतिशील, वीर रस, रोमान्टिक लगायतका विविध विधामा गीत सिर्जना गर्दै आएकी छन्।

स्थायी घर न्पालको खोटाङ, दिनुवा बतासे भएकी अनिला करिब दुई दशकदेखि बेलायतमा बसोबास गर्दै आएकी छन्।

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad