राजनीति


रास्वपाले भन्यो: माओवादीले झुक्यायो

रास्वपाले भन्यो: माओवादीले झुक्यायो

नेपालखबर
असार १, २०८२ आइतबार १२:३९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियराले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले दुई बुँदे सहमतिको नाममा प्रतिपक्षी दलहरूलाई धोका दिएको बताएका छन्।  

सभामुख देवराज घिमिरेले डाकेको प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले रास्वपाले भिजिट भिसा र अध्यागमनको विषयलाई लिएर आन्दोलन गरिरहेको भन्दै प्रतिपक्षको तर्फबाट माओवादीले गरेको सहमति झारा टार्ने काम भएको बताएका हुन्। 

सरकारले मानव बेचबिखनको मुद्दालाई गम्भीरताका साथ नलिएको उनको भनाइ छ।  

'रास्वपा भिजिट भिसा र अध्यागमनको प्रकरणमा आन्दोलनमा छ। हामीले लामो प्रयास गरेका छौँ, निकै दिन संवाद गरेका छौँ। र पनि सरकारले त्यो मुद्दा गम्भीरताका साथ मुद्दा लिएन । सुशासनमा एउटा कदम अघि बढौँ भन्दा कुनै सुनुवाई भएन,' उनले भने, 'प्रमुख प्रतिपक्षले गरेको सहमति ठोस र कार्यान्वयन गर्ने र न्याय दिने हिसाबमा भएन। जुन तहको छानविन हुनुपर्ने हो त्यो अनुसार हुन सकेन। झारो टार्ने काम र हामीलाई झुक्याउने काम भयो। रास्वपाले सहमति गरेन। सभामा विवेक चाहिन्छ।’

उनले गृहमन्त्रीको राजीनामाबाट आफूहरु पछि नहटेको दोहोर्‍याए। सदनको काम कारबाहीमा रास्वपा जिम्मेवार रहेको उनको भनाइ छ। आफूहरुले बुझाएका पाँच बुँदामा सहमति र उच्चस्तरीय छानविन समिति नबनाएसम्म सदन चल्न नसक्ने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad