ad ad

प्रवास


बेलायतमा माओवादीको संगठन फुट्यो : एकातिर पदाधिकारी चयन, अर्कोतिर सम्मेलन

बेलायतमा माओवादीको संगठन फुट्यो : एकातिर पदाधिकारी चयन, अर्कोतिर सम्मेलन

नेपालखबर
फागुन १३, २०८० आइतबार २२:३३, काठमाडौँ

केन्द्रनिकट नेपाली जनप्रगतिशील मञ्च बेलायत औपचारिक रुपमा विभाजन भएको छ।

संगठनका अध्यक्ष मानबहादुर गुरुङ पक्षको सम्मेलन चलिरहेका बेलामा उपाध्यक्ष नवीन स्याङ्तानको नेतृत्वमा छुट्टै कार्यसमिति घोषणा भएको छ। 

स्याङ्तानको अध्यक्षतामा आइतबार नै सम्मेलन गरी २८ सदस्यीय कार्यसमिति पनि गठन गरिएको छ। 

उता गुरुङ पक्षको सम्मेलन जारी छ। संगठनको सदस्यता वितरणमा मनोमानी गरेको,  एकाधिकार लादेको र आलोचना गर्नेमाथि कारबाही चलाएको लगायत कारण देखाउँदै समानान्तर नयाँ कमिटी गठन भएको हो।

गुरुङ पक्षले युवा तथा विद्यार्थीको हुर्मत लिने शैलीमा जथाभावी बोलेका आरोप लागेको छ। 

अध्यक्षले सचेत नगराएका कारण संगठन छाडेर युवा विद्यार्थी समूह बाहिरिएका थिए। यता त्यही संगठनका सचिवालय सदस्य तथा मिडिया विभाग प्रमुख सन्तोष भट्टराई पक्ष भने तटस्थ बसेको छ। भट्टराईले नेतृत्वलाई सच्चिन आग्रह गरेका छन्।

भट्टराईले धनीहरूले प्रतिनिधि किन्ने, वास्तविक योद्वालाई उपेक्षा गर्ने र प्रश्न गर्नेलाई मुख थुन्ने स्थिति देखिएको बताए।

प्रतिनिधि छनोट गरेर सम्मेलन गर्नुपर्नेमा जसरी पनि निर्वाचन जित्ने स्थिति देखिएको उनलेे बताए। 'माओवादीका कटिबद्व कार्यकर्ताको नाम नहुने फरक संगठनका मान्छेको लेबी तिरेर भोट बैंक बनाउन आफैँ पैसा तिरेर हुलका हुल मान्छे हुलेको देखियो', उनलेे भने।

सचेत, सक्षम, ऊर्जावान र नैतिकवान सबैजना संगठनबाट बाहिरिएको उनले दाबी गरे । यसले गर्दा अब संगठन एक रहन नसकेको उनलेे बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .