कारोबार


अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य घट्यो (हेर्नुहोस् सबै विदेशी मुद्राको सूची)

अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य घट्यो (हेर्नुहोस् सबै विदेशी मुद्राको सूची)

नेपालखबर
फागुन १४, २०८० सोमबार ५:२३, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आज अमेरिकी डलरको मूल्य यथावत रहँदा बेलायती पाउन्ड, अस्ट्रेलियन डलर, युरोपियन युरो लगायतका विदेशी मुद्राको मूल्य घटेको छ।

आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०१ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०१ पैसा मै कारोबार भएको थियो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ २७ र बिक्रीदर १४३ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। हिजो रोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ४० र बिक्रीदर १४४ रुपैयाँ ०५ पैसा थियो। 

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा थियो। 

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८७ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३३ पैसा थियो। 

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ २७ पैसा र बिक्रीदर ४३२ रुपैयाँ २२ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ २० पैसा र बिक्रीदर ४३२ रुपैयाँ १५ पैसा थियो। 

आजको लागि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। हिजो पनि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ८४ पैसा नै थियो। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .