शिक्षा अधिकृतको शरीरमा मोबिल छर्किने वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ।
दाङको घोराही उपमहानगरपालिका-१५ स्थित पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन बिथोल्ने उद्देश्यले शिक्षा अधिकृतको शरीरमा मोबिल छर्किने वडा सदस्य ४२ वर्षीय उत्तम बुढाथोकी पक्राउ परेका हुन्। घोराही-१५ का वडा सदस्य बुढाथोकीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ।
असार २७ गते बिहान निर्वाचनका मतदान अधिकृतसमेत रहेका घोराहीका शिक्षा महाशाखाका शिक्षा अधिकृत ४८ वर्षीय अजय बोहोराले चलाएको रा. १ ब १०४२ नम्बरको मोटरसाइकल रोकी उनको शरीरमा मोबिल छर्किएका थिए। घटनापछि बुढाथोकी फरार रहेका थिए।
यस घटनामा अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा असार २८ गते मुद्दा दर्ता भएको थियो। त्यसपछि जिल्ला अदालत, दाङबाट पक्राउ पुर्जी जारी भएसँगै उनलाई पक्राउ गरिएको हो।
Shares

प्रतिक्रिया