कैलालीको धनगढी उपमहानगरपालिका-१७ का १० वर्षीय बालक तनुज चौधरीको हत्यासमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन्।
सोमबार कैलालीको गौरीगंगा नगरपालिका–६ का २५ वर्षीय खगेन्द्र भनिने खेमराज कठायतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले बताए। खेमराजलाई धनगढी–२ स्थित भन्सार रोडबाट पक्राउ गरिएको हो।
तनुज असार १२ गते धनगढी–१७ स्थित कालिका सामुदायिक वनमा मृत भेटिएका थिए। बालक मृत भेटिएको दिनदेखि नै खेमराज फरार रहेका थिए।

प्रतिक्रिया