कारोबार


खुला सीमा नाकामा कडाई हुनेछ : सांसद खरेल

खुला सीमा नाकामा कडाई हुनेछ : सांसद खरेल

नेपालखबर
चैत ९, २०८२ सोमबार १९:२७, बुटवल

प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सुलभ खरेलले नेपाल भारत बीचको खुला सीमा नाकाका कारण नेपालका कृषकहरु एवं व्यवसायीहरूले निकै समस्या भईरहेको भन्दै यसलाई रास्वपा नेतृत्वको सरकारले कडाई गर्ने बताएका छन्।
 
मासु व्यवसायी संघ रुपन्देहीको साधारणसभा तथा अधिवेशनमा बोल्दै खरेलले यहाँका यसबारे गुनासो आईरहेको बताउँदै अव बन्ने सरकारले कडाई गर्ने प्रतिबद्धता जनाए । उनले केहि दिनभित्रै बन्ने नयाँ सरकारले अवैध रूपमा भित्रिने मासुजन्य वस्तु नियन्त्रणलाई सशक्त बनाउने बताए।
 
विगतमा रास्वपाले गृह मन्त्रालय सम्हाल्दा सीमा नाकामा कडाइ गरिएको उल्लेख गर्दै उनले त्यसबाट कृषकलाई धेरै राहत मिलेको पनि दाबी गरे।  “अब केन्द्र सरकारले सीमा नाका रेगुलेसनलाई अझ कडा बनाउँछ,” उनले भने। उनले सीमा कडाइ गर्दा स्थानीय उत्पादनले बजार पाउने र गुणस्तरहीन वस्तु भित्रिन नपाउने अनुभव किसानहरूले पाइसकेको पनि बताए । यसलाई थप प्रभावकारी बनाउन नयाँ सरकारले ठोस कदम चाल्ने उनको भनाइ छ।

त्यस्तै, खरेलले कृषि बजार व्यवस्थापनमा स्थानीय तहले अपेक्षित भूमिका निर्वाह गर्न नसकेको संकेत गर्दै सुधारको आवश्यकता औंल्याए। कृषि क्षेत्रको व्यवसायीकरणका लागि वैज्ञानिक ‘कृषि बजार’ निर्माणमा जोड दिइने उनले बताए। व्यवसायीहरूलाई लक्षित गर्दै उनले कर प्रणाली स्थिर र पूर्वानुमान योग्य बनाउन पहल गरिने बताए। ‘करको दर बढाउनेभन्दा पनि निश्चित अवधिसम्म स्थिर रहने न्यायिक कर प्रणाली आवश्यक छ, उनले भने।
उनले प्रविधि र सामाजिक सञ्जालको प्रयोगमार्फत व्यवसाय विस्तार गर्न व्यवसायीहरूलाई आग्रह गर्दै अनुदान, सीमा नियमन र बजार व्यवस्थापन सुधारमा सरकार गम्भीर हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad