अपराध


जेनजी आन्दोलनमा लुटिएको इन्साससहित एक युवक पक्राउ

जेनजी आन्दोलनमा लुटिएको इन्साससहित एक युवक पक्राउ

नेपालखबर
फागुन १९, २०८२ मंगलबार १२:४, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। 

मंगलबार गोरखाको पालुङटार नगरपालिका-९ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-८ भुम्डोल बस्ने ३१ वर्षीय आयन सेढाईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनको साथबाट ए-८८९६ नम्बरको इन्सास राइफल पनि नियन्त्रणमा लिएको छ। 

त्यस्तै, एसएलआर राइफलको चार, प्लास्टिकको एक, सटगनमा लाग्ने एक राउन्ड गोली, एउटा खुकुरी, दुई वटा खुकुरीको दाब, एउटा बन्चरो र लागूऔषध प्रयोग गर्ने पाँच वटा सिरिन्ज पनि बरामद गरिएको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad