समाज


घाइतेको उपचारका क्रममा मृत्यु भएपछि मनमोहन अस्पताल तनावग्रस्त

घाइतेको उपचारका क्रममा मृत्यु भएपछि मनमोहन अस्पताल तनावग्रस्त

नेपालखबर
फागुन १९, २०८२ मंगलबार १२:१८, काठमाडौँ

दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएपछि मनमोहन मोमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल तनावग्रस्त बनेको छ। 

अस्पतालको ढिलासुस्तीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै आफन्तजले विरोध जनाएका छन्। आफन्तको विरोधका कारण अस्पताल तनावग्रस्त बनेको छ। सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ। 

गएराति गाडी दुर्घटनामा घाइते भएपछि उपचारका लागि ल्याइएका तारा लामिछानेलाई मंगलबार बिहान २ बजे अस्पतालले मृत घोषणा गरेको थियो। अस्पतालको प्रशासन शाखामै कार्यरत उनी सोमबार राति १० बजे धादिङमा दुर्घटनामा परेका थिए। दुर्घटनापछि उनलाई मनमोहन अस्पताल ल्याइएको परिवारले जनाएको छ। 

अस्पताल ल्याएपछि पनि उपचारमा ढिलाइ भएको परिवारजनले आरोप लगाएका छन्। मृतकका भिनाजु दिपकप्रसाद भट्टका अनुसार उनलाई दुर्घटना भएको १ घण्टामा नै अस्पताल ल्याइएको थियो। 

उनको टाउको, आँखामा चोट लागेको थियो। अस्पताल ल्याउदासम्म स्वास्थ्य अवस्था सामान्य नै भट्टको भनाइ छ। 

आकस्मिक कक्षमा ल्याउँदासम्म बोलिरहेका थिए। तर अस्पतालले आकस्मिक कक्षमा ल्याएको बिरामीको उपचार ढिलो गरेका कारण मृत्यु भएको उनको आरोप छ। 

‘आफैले काम गरिरहेको अस्पतालमा नै लैजानु भनेका कारण मनमोहन अस्पताल ल्याएका थियौँ। यहा आएपछि उपचार निकै ढिलो भयो। दुर्घटनाको बिरामीको तुरुन्तै उपचार हुनु पर्नेमा निकै लापरवाही गरियो, त्यसै कारण उनको मृत्यु भयो,’ भट्ट भन्छन्, ‘आकस्मिक कक्षमा ल्याइको बिरामीको लामो समयसम्म पनि उपचार गरेनन्, अस्पताल ल्याएको ४ घण्टापछि मृत्यु भयो भन्दै धोषणा गरियो।’

घाइतेको मृत्युपछि अस्पतालमा परिवार र आफन्तले विरोध जनाएका छन्। उनीहरूले विरोध प्रदर्शन गरेपछि अस्पतालमा प्रहरी परिचालन गरिएको छ। यस विषयमा अस्पतालले आधिकारिक धारणा सार्वजनिक गरेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad