जेनजी आन्दोलनका क्रममा काठमाडौँबाट भागेका एक कैदीलाई रौतहटबाट पक्राउ गरिएको छ।
सशस्त्र प्रहरीको टोलीले २७ वर्षीय सागर खाती विकलाई पक्राउ गरेको हो। उनलाई रौतहटको चन्द्रपुर नगरपालिका-४ चन्द्रपुर चोकबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी सहप्रवक्ता शैलेन्द्र थापाले बताए।
चन्द्रपुरको ठाडाटोलका सागरलाई सशस्त्र प्रहरी बल नेपाल निर्वाचन सुरक्षा बेश सन्तपुर रौतहटको टोलीले नियन्त्रणमा लिएको हो। उनले लागूऔषध मुद्दामा कैद सजाय पाएका थिए।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते काठमाडौँको जगन्नाथदेवल कारागारबाट भागेका थिए।
36
Shares

प्रतिक्रिया