कन्सुलर सेवा विभागको नक्कली स्ट्याम्प बनाएर प्रहरी चारित्रिक प्रमाणपत्रलाई प्रमाणीकरण गर्दै आएको आरोपमा दुई जना पक्राउ परेका छन्।
नक्कली स्ट्याम्प प्रयोग गरेको आरोपमा प्रहरीले बाजुराको बुढीगंगा नगरपालिका-५ घर भइ काठमाडौँको कीर्तिपुर नगरपालिका-६ मा बस्ने ३३ वर्षीय पृथ्वीबहादुर थापा र पाल्पाको रिब्दीकोट गाउँपालिका-८ घर भइ कीर्तिपुर नगरपालिका-९ मा ३७ वर्षीय सन्तोष पौडेललाई पक्राउ गरेको हो।
दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिन म्याद थपिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।
प्रहरीका अनुसार, दुवै जनाले वैदेशिक रोजगारीमा जानको लागि भिसा आवेदनमा पेश गर्ने गरेको प्रहरी चारित्रिक प्रमाणपत्रमा कन्सुलर सेवा विभागको स्ट्याम्प नक्कल गरि प्रमाणीकरण गर्दै आएका थिए।
Shares

प्रतिक्रिया