सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बयलबास बजारबाट पेस्तोलसहित एक युवक पक्राउ परेका छन्।
ईश्वरपुर नगरपालिका–५ नरेशखोर बस्ने २२ वर्षीय संजित कुमार महतोलाई कटुवा पेस्तोल १ थान र सो मा लाग्ने १ थान गोलीसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय केशरगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त हतियार फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
24
Shares
प्रतिक्रिया