अपराध


पतिले लात्तीले हान्दा महिलाको मृत्यु

पतिले लात्तीले हान्दा महिलाको मृत्यु

अभियुक्त विश्वराज घिसिङ


नेपालखबर
पुस २७, २०७९ बुधबार ११:६, काठमाडौँ

झापामा पतिले लात्तीले हान्दा महिलाको मृत्यु भएको छ। मंगलबार बेलुका झापा अर्जुनधारा नगरपालिका ९ खरबन्दिस्थित विश्वराज घिसिङको लात्ती प्रहारबाट उनकी श्रीमती प्रमिला भुजेलको मृत्यु भएको हो। 

भोजपुरको अरुण गाउँपालिका १ घर भई हाल झापा अर्जुनधारा नगरपालिका वडा ९ खरबन्दिमा डेरा गरी बस्ने ३५ वर्षीय विश्वराज र ३६ वर्षीया प्रमिलाबीच खाना नपकाएको विषयमा झगडा भएको थियो। 

विश्वराजले पेटमा लात्तीले हान्दा उनको घटनास्थलमै मृत्यु भएको हो। लात्ती हान्ने श्रीमान् विश्वराज घिसिङलाई इलाका प्रहरी कार्यालय अनारमनि झापामा राखी थप अनुसन्धान भइरहेको झापा प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .